ताजा समाचार

साढे ३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनी पक्राउ

  • वैशाख १९, २०७५
  • ८७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १९ । साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । प्रकरणको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि संगठित अपराध अन्तरगत मुद्दा चलाइने प्रहरील जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ । मोरङ प्रहरीले बुधबारै अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदैछ ।

लोहनी प्रमुख रहेका वेला महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा पूर्व गएको टोलीको अनुसन्धानमाथि नै प्रश्न उठेपछि सुन प्रकरणले उग्र रूप लिएको थियो । टोलीमा रहेका डिएसपी केसी, सर्इ बालकृष्ण सञ्जेल लगायत यसअघि नै पक्राउ परिसकेका छन् । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को सहयोगी उर्लाबारीका सनम शाक्यको शव बरामद गरेसँगै महाशाखाको टोलीले पक्राउ गरेको व्यक्तिहरूले आफैं पनि पीडित भएको जिल्ला प्रहरी कार्यालय, मोरङमा बयान दिएका थिए । घटनाको छानबिनका लागि सरकारले गृहमन्त्रालयका सह-सचिव र्इश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤