Siraha Times
ताजा समाचार

मोटरसाइकल दाइजो नदिएको निहुमा बुहारीको हत्या

  • वैशाख १९, २०७५
  • १३०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख १९ । दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका- ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । मृतक अन्जुमकी आमा रोशन जहानले आफुलाई फोन गरेर मागेको बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन् ।

कतारमा रहेका ज्वाँइ अफरोजले छोरीलाइ फोन गरेर बुलेट मोटरसाइकल माइतीबाट माग्न पटक पटक दबाब दिँदै आएको भन्दै अन्जुमकी आमा रोशनले भनिन् ,‘बिहे हुँदा १० कठ्ठा खेत बेचेर अढाई लाख भारु दाइजो दिएको हो अहिले फेरि बुलेट मोटरसाइकल माग्दै उनीहरुले छोरीलाई यातना दिइरहेका थिए, त्यही बुलेट मोटरसाइकल दिन नसक्दा मैले मेरो छोरी नै सदाका लागि गुमानु पर्‌यो ।

अन्जुमका बाबु मुस्तकिम देवानले एक वर्ष पहिले ज्वाँइ अफरोज घरमै छदाँ दाइजोको निहुँमा छोरीलाई पटक पटक यातना बताए । उनले घरबाट निकालेर रक्सौलमा लगरे अलपत्र पारेर छाडेको बताउँदै भने ,‘त्यस बेला गाँउमै पञ्चायती बसाएर छोरीलाई ससुरा घरमा पठाएको थिए । ज्वाइँले दाइजोमा मागेको बुलेट मोटरसाइकल नदिएकै निहुँमा आफ्नो छोरी अन्जुमको उनका सासु, ससुरा, नन्द र फुपाजु सासुले घाँटी थिचेर हत्या गरेको मुस्तकिमको आरोप छ । प्रहरीले मंगलबार बिहान नौ बजेतिर आफ्नै घरको कोठामा अन्जुमको शव शंकास्पद अवस्थामा फेला परेको थियो । घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अन्जुमका परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक अन्जुमका ससुरा ५० वर्षीय कमरुद्धिन फकीर देवान, सासु ४५ वर्षीया हुसेन बानो खातुन, नन्द अंगुरी खातुन र फुपू-सासु ३५ वर्षीया जमीला खातुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१