ताजा समाचार

पतिपत्नि पोइल गएपछि छोराछोरी र आमा विच्चलीमा

  • वैशाख १७, २०७५
  • १५५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, १७ वैशाख । पति पत्नि छुट्टाछुटटै अरुसंग विवाह गरेर पोइल गएपछि (घरबाट निस्किए) उनका छोराछोरी र आमा विच्चलीमा छन् । उनीहरुका जेठी छोरी सम्झना परियार पेट पाल्न लहान ७ स्थित माग्दै जांदा राममन्दिर अगाडि बेहोश भएकी थिइन् । बेहोश बालिकालाई स्थानीय ललिता दास र सुचित्रा यादव मिलेर अस्पताल पुर्याएर उपचार गरेका थिए । बालिका छतबाट खसेर उनको टाउंको र हात मुखमा गम्भिर चोट लागेर घाईते भएकी थिइन् । ललित दास भन्छिन्—‘बालिकाको टाउंकोभरी घाउमा किरा लागेको थियो ।’ ‘उपचार गराएर लहान प्रहरीलाई जिम्मा दिए ।’ ‘तर, बालिकाकी हजुरआमा कहां पुर्यायो ’ लहान ५ स्थित उनको घर रहेको छ । त्यही हजुरआमा र दूई जना भाई बहिनी छन् । वृद्ध हजुरआमा रहेकीले उनलाई आफै खानलाउनमा समस्या छ । उनी अरुको काम गर्दै जीवन पाल्दै आएकी छीन् । स्थानीयवासीका अनुसार पति अर्के केटीसंग विहे गरेर लामो समयदेखि घर नफर्किएपछि उनकी पत्नि पनि छोराछोरी छाडेर अर्केसंग लागेका छन् । सात महिनाको छोरा हुंदा नै पत्नि घर छाडेर आज अढाई बर्षदेखि घर फर्किएका छैन । सम्झाना ८ बर्षकी छीन् । साढे पांच बर्ष एक जना छोरी र करिब तीन बर्षका एक छोरा छन् । उनीहरुका वृद्ध हजुरआमाको आफ्नै जीवन कष्टकर छन् । 02

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤