Siraha Times
ताजा समाचार

राजदेवी मन्दिरमा पशुपंक्षीको बली दिन भक्तजनहरुको भिड

  • वैशाख १७, २०७५
  • १४६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ बैशाख १७ आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती मनाइरहेको बेला आजकै दिन सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिईन्छ। राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ। सोही कारण बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भिड लागेको छ। आज विहानदेखि पानि परि रहेको अवस्थामा पनि बली चढाउन र मन्दिरमा दर्शन गर्न श्रद्धालुहरुको घुइचो लागेको आयोजक समितिले जनाएका छन् । हिजो साँझ देखि नै मन्दिरमा पुजाआजा गर्न श्रद्धालुहरुको भिडभाड बढेको मेला समितिले जनाएको छ ।पूर्वपश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब ६ किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर अवस्थित रहेको छ । यो मन्दिरमा आफ्नो भाकल पुरा गर्न पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन । ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको जङ्गलको बीचमा रहेको छ । बर्षेनी भाकल गर्नेहरुको संख्या बढ्दै गएको आयोजक समिति बताउँछन् । बिहान ४ बजे देखि भएको बर्षाका कारण भक्तजनहरु समस्यामा परेका छन्।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१