Siraha Times
ताजा समाचार

गोलबजार नगरक्षेत्रका माविमा सीसीटिभी क्यामरा जडान

  • वैशाख १६, २०७५
  • १०९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १६ वैशाख । सामुदायीक विद्यालयको शिक्षा दिन प्रतिदिन खस्किदै गएपछि सिरहाको गोलबजार नगारपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका सवै माध्यमिक विद्यालयमा सीसीटीभि क्यामेरा जडान गरेको छ । शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकासको कल्पना गर्न पनि नसकिने भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक बातावरण निर्माणमा सहयोग पुग्ने विकासका साथ सीसीटीभि क्यामेरा जडान गरिएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । 
 
तराईका जिल्लाहरुमा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख साहले जनाए । विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने साहले विश्वास व्यक्त गरे । क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षकहरु कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा बिद्यालय छाडेर भाग्ने जस्ता कार्यको निगरानी गर्न सकिने प्रमुख साहले बताए । उनले भने, ‘शिक्षा क्षेत्रमा यति राजनीतिकरण भएको छ की त्यसलाई लिकमा ल्याउन धेरै मेहनतको जरुरी छ, जसको लागि यसले पहिलो खुडकिलोको रुपमा काम गर्ने छ ।’
 
उनले नगर सभाको पहिलो बैठकको पहिलो निर्णय नै शिक्षा क्षेत्रको सुधारमा जोडदिन प्राविधिक मैत्रि शिक्षण प्रकृयाको विकास गर्न कम्प्यूटर दिने निर्णय गरेका थियौं, त्यसै अनुसार आज यो कार्य भएको जनाए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आवश्यक लगानी गर्न नगर तयार रहेको जनाए ।नगरक्षेत्रमा रहेको ६ वटा माध्यमिक विद्यालयको सम्पूर्ण विद्यालय प्राङ्गण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको वरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई ४ वटाका दरले क्यामेरा जडान गरिएको नगरपालीकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञावालीले जनाए ।
 
नगर क्षेत्र भित्र पर्ने जनता नमूना माध्यमिक विद्यालय, गोलबजार ८ चोहर्वा, जनता (प्रविधिक) माध्यमिक विद्यालय गोलबजार ४, जनता माध्यमिक विद्यालय, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार ३, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२  बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् । 
क्यामेरा प्रत्येक बिद्यालयका प्रधानाध्यापकले निगरानी गर्ने प्रशासकिय अधिकृत ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१