धुर्मुस सुन्तली बने महोत्तरीका १ सय २५ बालबालिकाका अभिभावक

  • वैशाख १५, २०७५
  • ७६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख १५ । महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका १० वर्षीय राजकुमार मुसहर सधैं काँधमा कोदालो बोकेर खेततिर हिड्थें । फोहरमैलो लुगा लगाउने उनी खेतको आली–आली चहार्थे। तरकारीको लागि मुसा खोज्थें । तर, उनको दिन फेरिएको छ । बिहीबार नुहाएर सफा लुगा लगाई हातमा कपी, कलम र किताब बोकेर विद्यालय गए ।राजकुमारका सहपाठी अनिल मुसहर पनि इट्टा भट्टा छाडेर स्कूल भर्ना भए । ११ वर्षीय अनिलमात्र होइन गाउँभरीकै १२५ जना विद्यालय जाने उमेरका बालबालिका बस्ती नजिकैको नेपाल राष्ट्रिय जनजाति आधारभुत प्राथमिक विद्यालयमा बिहीबार भर्ना भएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले अभिभावकत्व ग्रहण गरी मनहर्वा दलित बस्तीका बालबालिका विद्यालय भर्ना भएको हुन् । फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे(सुन्तली) मनहर्वा पुगेर शैक्षिक सामाग्री वितरण गरेर विद्यालय बाहिर रहेका मुसहर बालबालिका भर्ना गराएकी हुन् । sT बस्तीका बालबालिका बिद्यालय बाहिर रहेको समाचार प्रकाशित भएपछि धुर्मुस सुन्तली फाउण्डेसनले भर्ना गर्न पहल थालेको हो । बिद्यालयको मुख नदेखेका महोत्तरीको पश्चिमी भेग फुलकहा स्थित गौशाला नगरपालिका—७ मनहर्वा मुसहर बस्तीका बालबालिका विद्यालय जाने वातावरण तयार भएको छ ।

बालबालिका विद्यालय जान पाउने भएपछि दंग भएका छन् । वर्षौदेखि शिक्षाको उज्यालो ज्योतिबाट मनहर्वा मुसहर बस्तीका बालबालिका वञ्चित थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँच वर्षअघि गरिब जनताको घरमा रात बिताउने कार्यक्रम अन्तर्गत मनहर्वा मुसहर बस्तीमा एक रात विताएका थिए ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१