Siraha Times
ताजा समाचार

तस्करसँग पैसा असुल्न गएका तीन जना पत्रकार तस्करबाटै कुटिए

  • भदौ ६, २०७७
  • २४३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बीरगंज (पर्सा), ६ सावन । बीरगंजका तीन जना पत्रकारहरुलाई तस्करको समूहले कुटपिट गरेका छन । रातिको समयमा बीरगंजको नगवा नाका हुँदै भारतबाट माल सामान आयात भईरहेको भन्ने सुचना पाएका आफुलाई चर्चित टेलिभिजनको २ नं प्रदेश प्रमुख भन्दै हिड्ने पत्रकार सहित तीन जना पत्रकारहरु तस्करलाई रोकेर पैसा माग्दा तस्करले कुटपिट गरेको बताइएको छ । तीन चार जना तस्करहरु साईकलमा भारतबाट तस्करीको सामान ल्याइरहेको भन्ने सुचना पाएका ति पत्रकारहरु बीरगंज महानगरपालिका - १६ नगवा स्थित सिंगहा खोला पुल नजिक रहेको मन्दिरमा लुकेर तस्करहरुको परखाईमा थिए । तर यिनीहरुले सोचे भन्दा बढि २०/२२ जना तस्करहरुको समूह आएपछि पत्रकारहरुले तस्करलाई रोकेर पैसा असुल्न खोज्दा तस्करहरुले पत्रकारलाई कुटपिट गरेका थिए । त्यहाँ प्रहरी पनि पूगेको थियो तर २ जना मात्रै प्रहरी भएको कारण प्रहरी पनि तस्करको समूह देखेर त्याहाबाट हिडेपछि तस्करले पत्रकारलाई पिटन सफल भएका थिए । लकडाउनको बेला नेपाल भारत सिमा बन्द रहेपनी खुल्ला सिमाना भएको कारण दिनहु तस्करी हुने गरेको छ । कोरोना भाईरस नियन्त्रणका लागि बीरगंजमा निषेधाज्ञा जारी रहेको बेला बीरगंज भन्सार नाकामा कड़ाई गरेपनि चोर नाकाहरुबाट दिनहु तस्करी हुने गरेको छ । तस्करसँग सधै धाक धम्की दिएर पैसा असुल्न नटवरलालको रुपमा चिनिने ति पत्रकारहरु यस पटक तस्करबाटै राम्रोसँग पिटाई खाएका छन । पत्रकारिताको आडमा खाली तस्करहरुसँग पैसा असुल्न यि पत्रकारका समूह यसपटक असफल भएका छन । यस पटक तस्करहरु नै ति पत्रकारहरुमाथि हॉबी भएका छन । कुटपिटबाट लज्जित पनि नहुने पत्रकार संचारकर्मीको नाममा कलंक छन । यसबारे इलाका प्रहरी कार्यालय नगवाका सई श्यामबाबू प्रसाद यादवसँग बुझदा उक्त घटनाबारे आफुलाई जानकारी नभएको बताए । आफ्ना स्टाफहरु त्यही ठाऊँमा ड्यूटी गरेपनि अहिलेसम्म आफुलाई कुनै जानकारी नदिएकोले आफुलाई यस घटनाबारे जानकारी नभएको बताए । तस्करबाट कुटिने पत्रकारहरु मध्ये एक जना आफुलाई चर्चित टेलिभिजनका प्रदेश २ ब्यूरो भन्ने गरेका छन भने दुई जना कहिलेपनि बजारमा नदेखिने पत्रिकाको सम्पादक भन्ने गरेका छन । यस्ता पत्रकारहरुको कारण सम्पूर्ण पर्सेली पत्रकार जगत माथि बेला बखत प्रश्न चिन्ह खड़ा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१