तस्करसँग पैसा असुल्न गएका तीन जना पत्रकार तस्करबाटै कुटिए

  • भदौ ६, २०७७
  • २३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बीरगंज (पर्सा), ६ सावन । बीरगंजका तीन जना पत्रकारहरुलाई तस्करको समूहले कुटपिट गरेका छन । रातिको समयमा बीरगंजको नगवा नाका हुँदै भारतबाट माल सामान आयात भईरहेको भन्ने सुचना पाएका आफुलाई चर्चित टेलिभिजनको २ नं प्रदेश प्रमुख भन्दै हिड्ने पत्रकार सहित तीन जना पत्रकारहरु तस्करलाई रोकेर पैसा माग्दा तस्करले कुटपिट गरेको बताइएको छ । तीन चार जना तस्करहरु साईकलमा भारतबाट तस्करीको सामान ल्याइरहेको भन्ने सुचना पाएका ति पत्रकारहरु बीरगंज महानगरपालिका - १६ नगवा स्थित सिंगहा खोला पुल नजिक रहेको मन्दिरमा लुकेर तस्करहरुको परखाईमा थिए । तर यिनीहरुले सोचे भन्दा बढि २०/२२ जना तस्करहरुको समूह आएपछि पत्रकारहरुले तस्करलाई रोकेर पैसा असुल्न खोज्दा तस्करहरुले पत्रकारलाई कुटपिट गरेका थिए । त्यहाँ प्रहरी पनि पूगेको थियो तर २ जना मात्रै प्रहरी भएको कारण प्रहरी पनि तस्करको समूह देखेर त्याहाबाट हिडेपछि तस्करले पत्रकारलाई पिटन सफल भएका थिए । लकडाउनको बेला नेपाल भारत सिमा बन्द रहेपनी खुल्ला सिमाना भएको कारण दिनहु तस्करी हुने गरेको छ । कोरोना भाईरस नियन्त्रणका लागि बीरगंजमा निषेधाज्ञा जारी रहेको बेला बीरगंज भन्सार नाकामा कड़ाई गरेपनि चोर नाकाहरुबाट दिनहु तस्करी हुने गरेको छ । तस्करसँग सधै धाक धम्की दिएर पैसा असुल्न नटवरलालको रुपमा चिनिने ति पत्रकारहरु यस पटक तस्करबाटै राम्रोसँग पिटाई खाएका छन । पत्रकारिताको आडमा खाली तस्करहरुसँग पैसा असुल्न यि पत्रकारका समूह यसपटक असफल भएका छन । यस पटक तस्करहरु नै ति पत्रकारहरुमाथि हॉबी भएका छन । कुटपिटबाट लज्जित पनि नहुने पत्रकार संचारकर्मीको नाममा कलंक छन । यसबारे इलाका प्रहरी कार्यालय नगवाका सई श्यामबाबू प्रसाद यादवसँग बुझदा उक्त घटनाबारे आफुलाई जानकारी नभएको बताए । आफ्ना स्टाफहरु त्यही ठाऊँमा ड्यूटी गरेपनि अहिलेसम्म आफुलाई कुनै जानकारी नदिएकोले आफुलाई यस घटनाबारे जानकारी नभएको बताए । तस्करबाट कुटिने पत्रकारहरु मध्ये एक जना आफुलाई चर्चित टेलिभिजनका प्रदेश २ ब्यूरो भन्ने गरेका छन भने दुई जना कहिलेपनि बजारमा नदेखिने पत्रिकाको सम्पादक भन्ने गरेका छन । यस्ता पत्रकारहरुको कारण सम्पूर्ण पर्सेली पत्रकार जगत माथि बेला बखत प्रश्न चिन्ह खड़ा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाका वडा ...

रहमुल, लहान जेठ १ । सिरहाको लहान नगरपालिका अन्तर्गतका २४ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु जेठ ...

युवा संघ पर्सा आफ्नो ...

वीरगंज १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले ...

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१