Siraha Times
ताजा समाचार

करेन्ट लागेर तीन महिला घाइते हुनुका साथै दुई चौपायाको मृत्यु

  • वैशाख ५, २०७५
  • १३१८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख ५ । सप्तरीको कञ्चनरुप नगरपालिका – १० स्थित बदगामा मा बुधबार बिहान करेन्ट लागेर तीन महिला घाइते हुनुका साथै दुई चौपायाको मृत्यु भएको छ । मंगलबार आएको हावाहुरीका कारण बिद्धुतको ११ हजार भोल्टको तार टेलिफोनको पोलमा टासिन गई जमिनमा करेन्ट सप्लाइ भई सो घटना हुन पुगेको स्थानीयको भनाइ रहेको छ । घाइते महिलाहरूमा कञ्चनरुप -१० कि ४० वर्षिय मंजुदेवी यादव , २८ वर्षीय रिनादेवी यादव र २८ वर्षीय रम्भा देवी यादव रहेका छन् । उनीहरूको कञ्चनरुप – १२ धरमपुर स्थित रहेको धर्मेश्वर हस्पिटलमा उपचार भै रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सोही ठाउँका संजय खड्काको एउटा गाभिनो भैंसी र एउटा गोरुको समेत मृत्यु भएको छ । बिद्धुत प्राधिकरणको लापरबाहीका कारण यस्तो घटना हुने गरेको स्थानीयको भनाइ रहेको छ ।

Image may contain: outdoor

No automatic alt text available.

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१