ताजा समाचार

करेन्ट लागेर तीन महिला घाइते हुनुका साथै दुई चौपायाको मृत्यु

  • वैशाख ५, २०७५
  • १३५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख ५ । सप्तरीको कञ्चनरुप नगरपालिका – १० स्थित बदगामा मा बुधबार बिहान करेन्ट लागेर तीन महिला घाइते हुनुका साथै दुई चौपायाको मृत्यु भएको छ । मंगलबार आएको हावाहुरीका कारण बिद्धुतको ११ हजार भोल्टको तार टेलिफोनको पोलमा टासिन गई जमिनमा करेन्ट सप्लाइ भई सो घटना हुन पुगेको स्थानीयको भनाइ रहेको छ । घाइते महिलाहरूमा कञ्चनरुप -१० कि ४० वर्षिय मंजुदेवी यादव , २८ वर्षीय रिनादेवी यादव र २८ वर्षीय रम्भा देवी यादव रहेका छन् । उनीहरूको कञ्चनरुप – १२ धरमपुर स्थित रहेको धर्मेश्वर हस्पिटलमा उपचार भै रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सोही ठाउँका संजय खड्काको एउटा गाभिनो भैंसी र एउटा गोरुको समेत मृत्यु भएको छ । बिद्धुत प्राधिकरणको लापरबाहीका कारण यस्तो घटना हुने गरेको स्थानीयको भनाइ रहेको छ ।

Image may contain: outdoor

No automatic alt text available.

 

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤