Siraha Times
ताजा समाचार

सिरहामा लागुऔषध सहित १ जना पक्राउ

  • जेठ ५, २०७७
  • ९६१ पटक पढिएको
  • श्रीकान्त झा
alt

सिरहा । ०४ जेठ । नेपाल भारतको सिमानाका सिल रहेको वखत एक जना भारी मात्रामा लागुऔषध सहित सिरहाबाट पक्राउ परेको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान एक युवकलाई पक्राउ गरिएको छ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १५ बाट लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–५ निवासी ३५ वर्षीय आमोद भन्ने विजयकुमार यादवलाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार स २ प ८५२६ नंको मोटरसाइकललाई जाँच गर्दा लागुऔषध कोरेक्स ११ बोतल, नाइट्रोभेट ७० थान बरामद भएपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका यादव केहि दिन पहिला मिर्चैया नगरपालिकाले गरेको राहत वितरणमा होहल्ला गर्नुको साथै झैझगडा समेत गरेको थियो पटक पटक अपराधिक गतिविधिमा संलगनमा यादव पर्दै गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१