वैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकाको अविभावकत्व ग्रहण गरेका छन्। प्रधानमन्त्री ओली बुधवार सोही कामका लागि सिराहा पुगेका हुन् । ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएर अविभावकत्व ग्रहण गरेका छन्। सिराहाको रामदुलारी मावि कल्याणपुर नपा–११का का दिनेश कुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ बर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिरा कुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्री ओलीले विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका हुन् ।ति बालबालिकालाई कक्षा ८ सम्म पढ्दा लाग्ने सम्पुर्ण खर्च पनि प्रधानमन्त्री ओलीले बेहोर्ने भएका छन् । अन्य कुनै औपचारीक कार्यक्रम नभएर ओली अभिभावकत्व ग्रहणकै लागि सिराहा पुगेका थिए । सरकारले लागू गरेको विद्यालय भर्ना अभियानलाई सार्थक बनाउन सरकारी तवरवाट पहल भइरहेको छ । सरकारका मन्त्री तथा नेताहरुले विद्यालय जानवाट बञ्चित समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दे विद्यालय भर्ना गराएका छन् । भर्ना गरिएका बालबालिकालार्य प्रधानमन्त्री ओलीले पुस्तक र पोशाक समेत वितरण गरेका थिए। यसअघि १ बैशाखमा मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए।
प्रतिक्रिया दिनुहोस
लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic