‘डोम’ र ‘खत्वे’ बने प्रधानमन्त्रीका दुई नयां सन्तान

  • वैशाख ५, २०७५
  • ८९९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकाको अविभावकत्व ग्रहण गरेका छन्। प्रधानमन्त्री ओली बुधवार सोही कामका लागि सिराहा पुगेका हुन् । ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएर अविभावकत्व ग्रहण गरेका छन्। सिराहाको रामदुलारी मावि कल्याणपुर नपा–११का का दिनेश कुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ बर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिरा कुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्री ओलीले विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका हुन् ।ति बालबालिकालाई कक्षा ८ सम्म पढ्दा लाग्ने सम्पुर्ण खर्च पनि प्रधानमन्त्री ओलीले बेहोर्ने भएका छन् । अन्य कुनै औपचारीक कार्यक्रम नभएर ओली अभिभावकत्व ग्रहणकै लागि सिराहा पुगेका थिए । सरकारले लागू गरेको विद्यालय भर्ना अभियानलाई सार्थक बनाउन सरकारी तवरवाट पहल भइरहेको छ । सरकारका मन्त्री तथा नेताहरुले विद्यालय जानवाट बञ्चित समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दे विद्यालय भर्ना गराएका छन् । भर्ना गरिएका बालबालिकालार्य प्रधानमन्त्री ओलीले पुस्तक र पोशाक समेत वितरण गरेका थिए। यसअघि १ बैशाखमा मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१