Siraha Times
ताजा समाचार

मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाइँदै

  • वैशाख २, २०७५
  • १४३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २ – नयाँ वर्षलाई स्वागत गर्दै मिथिलाञ्चलमा आइतबार जुडशितल पर्व मनाइँदैछ । नयाँ वर्षको असरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले  आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाइन्छ ।

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । जुडशितल पर्वमा मिथिलाञ्चलमा होली पर्व जस्तै हिलोपानी पनि खेल्ने चलन छ । आइतबार बिहान जनकपुरको गंगासागरको किनारमा स्थानीय बुद्धिजिवीले हिलोपानी  खेलेका छन् । लोप हुँदै गएको हिलोपानी खेल्ने परम्परा एवं सँस्कृतिलाई बचाउन कार्यक्रम आयोजना गरिएको सरसफाई अभियन्ता एवं प्रदेशसभा सदस्य रामअशिष यादवले बताउनुभयो । यस्तै जुडशितलको एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आइतबार मिथिलाञ्चलको घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहि आएको छ । 

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१