Siraha Times
ताजा समाचार

लकडाउनमा सहिदनगरका दीर्घ बिरामीका लागि औषधी व्यवस्था गर्छौं : मेयर बरबरिया

  • वैशाख १३, २०७७
  • ८७३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा ,बैशाख १३ गते । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको दीर्घ रोगीहरुको लािग औषधी नगरपालिकाले ल्याइदिने बताएका छन् ।

सरकारले कोरोना सँक्रमण रोक्नको लागि लगाएको लकडाउनमा परी दीर्घ रोगीहरुमा टिबी (क्षयरोग), क्यान्सर, दमा, ब्लडप्रेसर, मधुमेह (चिनीरोग) लगायतका रोगीहरुको लागि नगरपालिकाले औषधी व्यवस्थापन गर्ने बताएका छन् ।

लकडाउनका कारण सदरमुकामसम्म जान नपाएर अत्याश्यक औषधीको अभावमा स्वास्थ्य अवस्था झन खराव हुने भन्दै मेयर बरबरियाले नगरपालिकाले उनीहरुको तथ्याँक सँकलन गरी औषधी ल्याइदिने बताएका छन् ।

“लकडाउनको पालना गरे मात्र कोरोनाको सँक्रमण रोकथाम गर्न मदत पुग्छ, तर लकडाउनमा पनि अति आवश्यक औषधी जो की नजिकमा नपाएर सदरमुकाम जनकपुरसम्म जानुपर्ने बाध्यता छ ।

जनकपुरमा नभेटाए काठमान्डौंसम्म जाने बाध्यता छ तर यस्तोमा जाने कसरी ? यसको लागि हामीले उनीहरुको औषधी नगरपालिकाबाट ल्याइदिने निर्णय गरेका छौं ।”– उनले भने ।

नगरभित्रका ती दीर्घरोगीहरुले नजिकको स्वास्थ्य सँस्थामा गएर आफूलाई चाहिने औषधीको विवरण लेखाउनुपर्ने बताउँदै तथ्याँक सँकलनपछि एकैपटक औषधी ल्याइने बताए ।

यसको लागि स्वास्थ्य सँस्थाका प्रमुख तथा कर्मचारीहरुलाई समेत तथ्याँक सँकलन तीव्र गतिमा गर्न निर्देशन दिएको बताए । त्यसको लागि तथ्याँक सँकलन हेतु नगरपालिकाको वडा नं. १ देखि ९ सम्म स्वास्थ्य स्वयंसेविका मार्फत, सूचना मार्फत नगरवासीलाई जानकारी गराएको बताए ।

उनले नगरभरिका यस्ता असमान्य रोगीहरुको औषधी नपाउने अवस्था सृजना भएपछि नगरपालिकाको कोषबाट औषधी ल्याएर वितरण गर्ने बताए । उनले दीर्घ रोगीहरुले मूल्य तिरेर मात्र भएपनि औषधी पाउन कठिन भएपछि नगरपालिकाले निःशुल्क रुपमा औषधी वितरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१