Siraha Times
ताजा समाचार

कोरोना नियन्त्रणका लागि एक करोड दिने सांसद साहको उदघोष

  • चैत १६, २०७६
  • ९७२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा,१६ चैत । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ का सांसद दिलिप साहले एक करोड रकम दिने उदघोष गरेका छन् ।

सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ का प्रदेश सांसद दिलिप साहले १ करोड रकम दिने घोषणा गरेका छन् ।

प्रदेश २ सरकारले गठन गरेको राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने सांसद साहले घोषणा गरेका हुन् ।

उनले भने ‘कोरोना महामारी नियन्त्रणको लागी प्रदेश सरकारद्वारा गठित राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने घोषणा गरेको छु।

’ निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरि राहत कोषमा रकम जम्मा गर्ने बाटो खुल्ला गरिदिन उनले प्रदेश सरकारसँग मांग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१