कोरोना नियन्त्रणका लागि एक करोड दिने सांसद साहको उदघोष

  • चैत १६, २०७६
  • ८४३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा,१६ चैत । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ का सांसद दिलिप साहले एक करोड रकम दिने उदघोष गरेका छन् ।

सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ का प्रदेश सांसद दिलिप साहले १ करोड रकम दिने घोषणा गरेका छन् ।

प्रदेश २ सरकारले गठन गरेको राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने सांसद साहले घोषणा गरेका हुन् ।

उनले भने ‘कोरोना महामारी नियन्त्रणको लागी प्रदेश सरकारद्वारा गठित राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने घोषणा गरेको छु।

’ निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरि राहत कोषमा रकम जम्मा गर्ने बाटो खुल्ला गरिदिन उनले प्रदेश सरकारसँग मांग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

पारस मल्टिस्पेशालिटी ...

रहमुल, लहान ४ पुस । पारस मल्टिस्पेशालिटी हस्पिटल र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा ...

नदीजन्य पदार्थ उत्खन ...

रहमुल, लहान ४ पुस । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाले नदीजन्य ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेल उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१