Siraha Times
ताजा समाचार

जनप्रतिनिधिहरु सेल्फीमा व्यस्त काम शुन्य :युवा नेता गोइत

  • चैत ४, २०७६
  • ८१० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा चैत ३ गते ।आज भोलि जनप्रतिनिधिहरु काम काज छोडेर सेल्फी लिनमा बढी व्यस्त देखिन्छ भन्ने युवा नेता ईन्द्र्जित गोइतले बताएका छन ।राजनीति प्रति देशमा अति असन्तोष छ भन्नेमा शंका छैन, तर ती गुनासोहरूका कति आधार छन् भन्ने वस्तुगत तथ्य पहिल्याउन आवश्यक छ।प्रगति अर्थतन्त्रका तथ्यांकहरूले मात्र हैन, मानिसको जीवनस्तर, सुख–सुविधा, चेतनाको स्तर र खुशीले पनि बुझनुपर्छ भन्ने मान्यता विश्वभरि प्रबल हुँदै आएको छ।अहिले आमजनता र बुद्धिजीवीहरूका पनि मुख्यतः तीन गुनासा प्रबल छन– पहिलो, हाम्रो राजनीतिक नेतृत्व खत्तम भयो, नेताहरूले देश डुबाए। दोस्रो गुनासो हो– हामी जनता नै खत्तम हौं। केही बुद्धिजीवीले यसैलाई आधार बनाएर ’नेपालको नागरिक बन्न नै योग्य छैनौं’ भन्ने घोषणा पनि गरिसकेका छन्। हामीलाई थाहनै छ शिक्षा मानिसको तेस्रोअँखा हो । शिक्षा बिना सुखी र सान्ती जीवन् कल्पना गर्न पनि सक्दैन । अहिलेको निजि विद्यालय र सामुदायिक विद्यालयना आकाश पतालको फरक छ । जनप्रतिनिधिहरुले १% राम्रो काम गरेको छैन शिक्षा क्षेत्रलाई सुधार्नको लागि पैसा आउँछ उसको खल्तीमा जन्छ । के अहिलेसम्म हेर्नुभएको छ जनप्रतिनिधिहरुको छोराछोरी सामुदायिक विद्यालयमा पढेको ? पक्कै पनि हैन होला। जनप्रतिनिधि भनेको आफू दुखी भएर अरुलाई खुशी पार्ने मान्छे तर हाम्रो देश उल्टै संस्कार छ आफू खुशी हुने अरुलाई जे होस केही मत्लब छैन । जनप्रतिनिधिहरु आफ्नो भलाईको लागी केही गर्छन नाकी जनताको लागि । जनप्रतिनिधिहरुको मनमर्जि कहिलेसम्म चल्ने हो ? सधै यसरी नै दुख गरेर बाच्ने हो ? के हामी यस्कै लागि जनप्रतिनिधि चुनेको हो त ? केही त गर्नु पर्छ हाम्रो आउने वाला पिडिको लागि।।

प्रतिक्रिया दिनुहोस

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१