Siraha Times
ताजा समाचार

प्रबिधिमुलुक शिक्षाका लागि प्रदेश सरकारले विभिन्न प्याकेज ल्याउने : मन्त्री साह

  • फागुन १७, २०७६
  • १४६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १७ , फाल्गुन । अहिलेको युगमा प्रबिधि मुलुक शिक्षाको खाचो रहेको प्रदेश नम्बर -२ का सामाजिक बिकास मन्त्री नवल किशोर साहले बताएका छन । आज सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकामा रोजगारी पसलको अवलोकन गर्न आएका मन्त्री साहले यस्तो बताए । प्रदेश सरकारले प्रबिधिमुलुक शिक्षाका लागि विभिन्न प्याकेज ल्याउने तयारी गरिरहेको भन्दै रोजगारीलाई प्रमुखताका साथ राखेको मन्त्री साहले बताए । बेरोजगारी समस्याले समृद्धिको नारालाई पुर्णता दिन नसक्ने दाबी गर्दै उहाँले प्रदेश नम्बर -२ का बेरोजगार जनशक्तिका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको बताए । सीप कार्यक्रम अन्तर्गत युके एडको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित कार्यक्रमको प्रमुख अतिथीको रूपमा आएका मन्त्री साहले सीप कार्यक्रम प्रभकारी भैरहेको प्रसंशा गरे । कार्यक्रममा डिएफआईडीका प्रदेश नम्बर- २ का प्रमुख ईन्दिरा आलेले महिलाहरुमा पनि सीप मुलुक ज्ञान हुनुपर्ने बताए । महिला घरभित्र मात्र काम गर्छन् भन्ने सोच परम्परागत रहेकोले त्यस्ता सोचबाट माथि उठन समाजलाई उनले आग्रह गरे ।नगरपालिकाका रोजगार संयोजक राजेश साहको सभा अध्यक्षतामा संचालित कार्यक्रममा रोजगारको क्षेत्रमा कामकाज गर्ने लुईस बर्जरका टिम लिडर बलजित बोहरा , रोजगारी सर्भिस प्रा.लि का प्रोजेक्ट म्यानेजर मनोज कुमार सुनुवार ,जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र राय दनुवार लगायत मोरङ्ग अटो वर्क सप जेसिबी ट्रेनिङ्ग सेन्टर , प्रभु बैंकका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । करिब ६ सय जनाको उपस्थितमा भएको कार्यक्रममा २ सय ५० जनाले रोजगारी पसल शिबिरमा आबेदन दिएका थिए । सरकारको रोजगारीको नारालाई सफल गर्न प्रभु बैंकले रोजगारका लागि बिदेश जान चाहने युवालाई प्रक्रिया गात बिना धितो १ लाख देखि ३ लाख सम्म लोन दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१