नरेशचन्द्र बरबरिया सिरहा फाल्गुन ६ गते ।सिरहा नगरपालिकामा आज ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा नगरपालिका - १६ को खिरौना चौक देखि माडरको बिच गाउँ सम्मको सडक बाटोलाई सरसफाइ गरेका छन ।
सडकमा रहेको पराल,गोबर,दाउरा लगायत सामाग्रीलाई रोड बाट हटाउन लगाउनको साथै खाली गर्न आग्रह समेत गरे ।
सिरहा नगरपालिकाकाको वडा न .१६ का वडा अध्यक्ष धिरेन्द्र मोरबैता यादव (राजा)को अगुवाइमा भएको उक्त सरसफाइ कार्यक्रममा प्र.अ राधेश्याम यादव,वडा सचिव रामसुफल ठाकुर ,शिक्षक प्रमेन्द्र यादव,समाजसेवी समिम अखतर,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरी लगायत विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved