Siraha Times
ताजा समाचार

बिजुली खोज्दै मुसहर

  • चैत ३०, २०७४
  • ७८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ३०। लहान नगरपालिका वडा नम्बर ११ स्थित मुसहर बस्तीका बासिन्दा बिजुली बत्तीको सुविधाबाट वञ्चित छन्। यहाँ २५ घरपरिवार मुसहरको बसोबास छ। बोलिदिने कोही नहुँदा बस्तीमा बिजुली आउन नसकेको स्थानीय सियादेवी मुसहरले बताइन्। ‘यहाँ कोही पढे-लेखेका छैनन्’, उनले भनिन्, ‘नेता र हाकिमसँग पहुँच भएका कोही नभएरै हाम्रो टोलमा बिजुली अहिलेसम्म आएन। आफूहरू दलित भएकै कारण हेपिएर बस्नुपरेको उनको गुनासो छ। उनका अनुसार चुनावका बेला आएका सबै नेताले बिजुली दिने आश्वासन दिएका थिए। तर, त्यसपछि फर्केर नआएको गुनासो उनले गरिन्।घरको माथिबाट बिजुलीको तार गए पनि बस्तीमा भने बाल्न नदिएको स्थानीय विजय सदाले गुनासो गरे। उनले बिजुली अभावमा टुकीको धिपधिपमा चित्त बुझाउनुपरेको पीडा सुनाए। ‘मट्टीतेल किनेर टुकीको सहारामा बस्नुपर्छ’, उनले भने, ‘कहिलेकाहीं पैसा अभावमा हामीले टुकी पनि बाल्न पाउँदैनौं।’ बिजुलीका लागि विद्युत् प्राधिकरण र नगरपालिका धाए पनि कसैले वास्ता नगरेको गुनासो उनले गरे। लहान नगरपालिका-४ स्थित इस्लामपुरका ६० घरधुरीमा पनि बिजुली पुगेको छैन। स्थानीय मो. ममताज अलीले मोबाइल चार्ज गर्न पनि समस्या हुने गरेको सुनाए। भने, ‘हामीले राज्यको कुनै सुविधा पाउन सकेका छैनौं। मोबाइल चार्ज गर्न पनि डेढ किलोमिटर लहान बजार पुग्नुपर्ने बाध्यता छ। st नगरपालिकाका कर्मचारी आएर यहाँका समस्या लेखेर लगे पनि समाधान नभएको उनले सुनाए। यहाँका सयौं बालबालिकाले विद्यालयको मुखसमेत हेर्न नपाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१