Siraha Times
ताजा समाचार

रञ्जित शर्माको मेरी गर्ल फ्रेन्ड सार्वजनिक हुने

  • फागुन १, २०७६
  • २३०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

रामहृदय यादव जनकपुर, १ फागुन चर्चित गायक रञ्जित शर्माको नेपाली म्युजिक भिडियो भोलि (शुक्रबार) सार्वजनिक हुने भएको छ । सन् २०२० को भेलेन्टाइन अर्थात प्रेम दिवसको अवसर पारेर उक्त भिडियो दर्शक माझ सार्वजनिक गर्न लागेको हो । दर्जनौं मैथिली गीत गाइसकेको शर्माको यो पहिलो नेपाली म्युजिक भिडियो रहेको छ ।लामो समयदेखि गायन क्षेत्रमा संलग्न शर्माले दर्शक, स्रोता तथा बजारको माग अनुसार गीत संगीत गाउने गरेका छन् । मैथिली गीत संगीतका समुहद्वारा तयार गरिएको मेरी गर्ल फ्रेन्डले नेपाली सिने क्षेत्रमा नयाँ मोड ल्याउने गायक शर्माको भनाइ छ । अाजसम्म बजारमा ल्याइएको अरू म्युजिक भिडियो भन्दा फरक र दर्शकलाई मनोरञ्जन दिन सक्छन्, गायक शर्मा भन्छन् "वास्तविक र तथ्यपरक रहेकोले यो गीत दर्शकदीर्घाको विश्वास जित्नेमा अाफू विश्वस्त रहेको बताउँछन् ।" उनी भन्छन्, "टिम सहयोगी र मेहनती पाएँ, त्यसैले यो गीत बजारमा ल्याउने प्रयास गरेको हुँ ।" पत्रकार तथा कलाकार रामहृदय यादव तथा गजेन्द्र गज्जुको शब्द, रामरेस कापरको संगीत रहेको यस गीतको संगीत संयोजन अोम सुनारले गरेका छन् । रवीन ठाकुर तथा लाजिना सुवेदीको अभिनय, राजिप तथा राजुको छायांकन, कयामुद्दिनको सम्पादन रहेको उक्त भिडियो दिनेश ठाकुरले निर्देशन गरेका छन् । भिडियो हिमानी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१