कमला बचाउ अभियान परिवार द्वारा कुम्भ मेलामा सम्मान र खाद्यान्न सहयोग

  • माघ २६, २०७६
  • ८८१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,माघ २६ गते ।कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले कुम्भ मेलाका भक्तजनहरुको लागि भण्डारा हेतु खाद्यान्न सहयोग सहित सम्मान गर्नुभएको छ । 

साप्ताहिक कमला बचाउ अभियान अन्तर्गत शनिबार सम्पन्न साप्ताहिक कार्यक्रमको दौरान कमला बचाउ अभियानका सँयोजक एवम् अभियानी यादवले कुम्भ मेलामा आउने भक्तजनहरुको भण्डारा हेतु खाद्यान्न सहयोग गरिएको हो । अभियानी यादवले कमला नदीमा कुम्भ मेलामा पाल्ने भक्तजनहरुको लागि भण्डारा हेतु चामल सहितको समाग्री सहयोग गर्नुभएको छ । 

कमलाको अस्तित्व बचाउने हेतु थालिएको कमला बचाउ अभियानको उदगम स्थलमै १२ वर्षपछि कुम्भ मेला आयोजना गरिएको भन्दै खाद्यान्न समाग्री सहयोग गरिएको हो । सो क्रममा कुम्भमेलामा सहभागी हुनुभएका साधुसन्तहरुलाई सम्मान समेत गर्नुभएको छ । 

 

अभियानी यादवले कमला नदीको अस्तित्व रक्षा हेतु पनि कुम्भ मेलाको आयोजना प्रत्येक १२ वर्षमा गर्नु एक सराहनीय र पौराणिक कार्य भएको बताउनुभयो । साधुसन्तहरुलाई सम्मान गर्दै उहाँले कमला अभियानीको रुपमा उहाँहरुलाई साथ दिन आग्रह समेत गर्नुभयो । सो क्रममा साधुसन्तहरुले कमला नदीको महिमा बताउँदै कमला रक्षाको  लागि हरसम्भव साथ  दिने प्रतिवद्धता व्यक्त गरेको हो । 

धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीमा धनुषाको कमला नगरपालिका वडा नं. ६ मडान स्थित कुम्भ मेलाको आयोजना गरिएको हो । प्रत्येक १२ वर्षमा कमला नदीको बीचमै कुम्भ मेलाको आयोजना गरिदै आएको छ । सो क्रममा बाबाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

कुम्भ मेलामा आउनुभएका सिद्ध बाबा रामकुमार दासको अध्यक्षतामा गरिएको अन्तरक्रिया कार्यक्रममा कमला अभियानका अभियानीहरुले कमलाको अस्तित्व र महिमाबारे तथा बचाउ बारे चर्चा परिचर्चा गर्नुभएको थियो । सो क्रममा जनकपुरको रेल्वे ट्रैक अभियानका अभियानी रुवी झा, दिपक चौधरी मोती झाले आ–आफ्ना मनतव्य राख्नुभएको थियो । 

 


कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष समसुल मिया , वडानं. ९ का वडाध्यक्ष धर्मनाथ मण्डल , युवा नेता त्रिदेव मिश्रा, अभियानी अजय झा, राहुल झा, स्थानीय समाजसेवी उमेश मण्डल , कमला अभियानका सचिब बिनोद महारा सहित बालेश्वर महतो, सुरेन्द्र यादव , अनेरास्वीयूका विद्यार्थी नेता राजकिशोर यादव, राजकिशोर सल्लहैता लगातका कमला अभियानीहरुले वक्तत्व राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१