Siraha Times
ताजा समाचार

मधेसवादी दललाई समेटेर सरकार दुई तिहाइको बनाउँछौं : प्रचण्ड

  • चैत ३०, २०७४
  • ६६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ३०। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको एजेण्डा विकास र समृद्धिभन्दा बाहेक अर्को नभएको बताएका छन् । माडीले नगरपालिकाले विहान आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताए । उनले भने, ‘अब हामीले पनि गर्न सकिएन भने कसले गर्छ ? न त धरतीबाट कोही उम्रन्छ, नत आकाशबाट कोही झर्छ । जनताको ठूलाठूला आशा र अपेक्षा सम्वोधन गर्नुपर्ने दायित्व सरकारको रहेकाले भन्दै अध्यक्ष प्रचण्डले सरकार असफल हुँदा देश असफलतामा जाने र प्राप्त उपलब्धीहरु गुम्ने बताए ।

पार्टी एकता प्रकृया छिटो टुंगिएर सरकार पनि दुई तिहाइको बनाउनेतर्फ अघि बढेको अध्यक्ष प्रचण्डको भनाइ छ । मधेसवादी दलको एक घटक सैद्धान्तिक र राजनीतिकरुपमा सत्तामा आउने तयारी भएपनि प्राविधिक केही विषय मिलाउन बाँकी रहेकाले त्यसलाई पनि टुंगाएर दुई तिहाइ पुर्‍याउने दावी प्रचण्डले गरे । पर्साको ठोरीलाई चितवनमा नै समेट्नुपर्दछ भन्ने जोड विगतदेखि नै उठाउँदै आएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले पनि ठोरी पुगेर चितवनमा नै गाभ्ने प्रतिवद्धता जनाए, प्रदेशहरुको सिमांकन गर्दा पनि ठोरीलाई चितवनमा नै राखिएको थियो, तर पछि ड्राफ्ट कमिटीका साथीहरुले पर्सामै राखिदिनु भएछ,’ ठोरीलाई केरुङ नाकासँग जोड्ने विषय अर्थपूर्ण र रणनीतिक महत्वको भएकाले यसले देशको विकासमा नै कायापलट गर्ने अध्यक्ष प्रचण्डले दावी गरे ।

आन्दोलन गर्न आह्वान

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीका जनताले निकुञ्ज र त्यहाँका जंगली जनाबरबाट पाएको हैरानीका विषय जानकारी गराएका थिए । त्यसबारे अध्यक्ष प्रचण्डले निकुञ्जको २०२९ सालमा बनेको ऐन संशोधनको प्रकृया तत्काल अघि बढाउने बचन दिएका छन् । काठमाडौं फर्किएलगत्तै निकुञ्ज ऐन संशोधनको ड्राफ्ट तयार गर्न लगाउँछु, चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसदसमेत रहेका प्रचण्डले भने, ‘कथमकदाचित विभिन्न अवरोध खडा गरेर संशोधन गर्न नदिए आन्दोलनका लागि माडीवासीलाई आह्वान गर्छु ।उनले निकुञ्जको ऐन संशोधन गर्न कुनै तागतले रोक्न नसक्ने भन्दै प्रचण्डले थपे, ‘जनता, जंगल र जंगली जनावरको संरक्षण गर्ने ऐन आउँछ ।’

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१