बुवाले जनतासँग गरेको 'वाचा' म पुरा गर्छु : मेयर बरबरिया

  • माघ १९, २०७६
  • ९२४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा माघ १९ गते । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले उनको बुवाले जाहेर गरेको प्रतिवद्धता आफूले पूरा गर्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा तत्कालिन माओवादीका दिग्गज नेता श्रवण कुमार बरबरियाले पुरा गर्न नसकेको प्रतिवद्धता आफूले पूरा गर्ने उहाँले बताउनुभएको छ । शनिबार धनुषाको कला नगरपालिका वडा नं. १ मँगराहामा आयोजित कम्बल वितरण कार्यक्रममा बोल्दै मेयर बरबरियाले साबिक क्षेत्र नं. १ का जनताले दिएको स्नेह र मायाको मूल्य आफू चुकाउने बताउनुभयो । “जनयुद्धको समयमा पनि साबिकको धनुषा निर्वाचन क्षेत्र नं. १ तथा हाल क्षेत्र नं. २ का जनताहरुले मेरा बुवा श्रवण कुमार बरबरियालाई दिएको माया र स्नेहको कुनै मूल्य छैन । त्यस्तो अवस्थामा सबैले माओवादी भएकै कारण ज्यान मार्ने दाउमा रहेका बेला पनि यस क्षेत्रका जनताले दिएको माया, ममतालाई हामीले कदापी विर्सन सक्दैनौ । म उहाँकै सुपुत्र हुँ, अर्कै नगरपालिकाको मेयर भएपनि सहयोगी भावनाले जहाँ बोलाए म आउन तयार छु ।”–उहाँले भन्नुभयो । 


उहाँले उनको बुवा जनतासँग गरको वाचा पूरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । साबिकको धनुषा निर्वाचन क्षेत्र नं. १ का आम सर्वसाधारणहरुको लागि श्रवण बरबरियाप्रतिको माया स्नेहको बारेमा उल्लेख गर्दै मेयर बरबरियाले उनको बुवाको अधुरो ईच्छा आफूले पूरा गर्ने बताउनुभयो । 

 

 

शहिदनगर नगरपालिकाको मेयर भएर पनि कमला नगरपालिकामा आएर सेवा गर्ने मौका पाएको भन्दै आयोजकप्रति कृतज्ञता प्रकट गर्नुभयो । समाजिक सँस्था कामाख्य परिवार नेपालको आयोजनामा कमला नगरपालिका वडा नं. १ मँगराहाका गरिब, विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको हो । 


त्यहाँका गरिब तथा विपन्न समुदायलाई नयानो लुगा ,कम्बल र खाद्यान सामग्री वितरण गरिएको हो ।  बिपन्न , दलित, बृद्ध, एकल महिला, अपांग , बालबालिकाहरूलाई बितरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१