Siraha Times
ताजा समाचार

चालू आ.ब.का लागि सिरहाको विष्णुपुरमा संसोधन सहितको बजेट सार्वजनिक

  • माघ १३, २०७६
  • ९७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३, माघ । कृषि क्षेत्रको बिकासका लागी गाउँपालिका सक्दो प्रयास गरिरहेको सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जोगेश्वर यादबले बताउनुभएको छ । सोमबार गाउँपालिकाको संसोधन सहितको चौथो गाउँसभाबाट पारित बजेट निति तथा कार्यक्रमको सर्बजनिकिकरण गर्दै उहाँले भने `म पनि किसानको छोरा हुँ , मैले पनी हलो जोतेको छु, किसानको दुखः मलाई राम्रो संग अनुभव भएकोले कृषि क्षेत्रलाई यो बजेटमा प्रमुख प्राथमिकतामा रखेको अध्यक्ष यादवले दाबी गरे । चालु आ.ब. २०७६/०७७ मा संचालन हुने योजनाहरु पुर्ण रूपमा शिक्षा , स्वास्थय , कृषि, सहकारीक्षेत्रलाई प्राथमिकतामा राखेकोले बजेट कार्यान्वयन गर्नमा गाउँपालिकाको सम्पुर्ण जनसमुदायको सहयोगको अपेक्षा राखेको उनले बताए । गाउँपालिकामा भएका सार्वजनिक जग्गाहरुलाई अतिक्रमण हुन नदिनका लागि कडाईका साथ गाउँपालिका लागी परेको भन्दै सम्पुर्णमा सहयोग गर्न उनले आग्रह गरेका छन । सिरहा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चालु आर्थिक बर्षका लागी ३२ करोड ५१ लख ८५ हजार ४ सय २० रुपौयाको संसोधन सहितको अनुमानित बजेट सार्बजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेब यादबले जानकारी दिनुभएको छ । प्रस्तुत बजेट संघिय सरकारको समानिकरण अनुदान , शसर्त अनुदान ,अन्य अनुदानरहेको छ भने प्रदेश सरकारको समपुरक अनुदान , बिषेश अनुदान ,स्थानिय अन्तरिक श्रोत , राजस्व बाँडफाँड ,बैदेशिक साहयता लगायतको बाट रहेको अधिकृत यादबले बताए । विष्णुपुरको बीच बजारमै सार्वजनिक गरेको संसोधित बजेट सार्वजनिकिकरण कार्यक्रममा प्रदेश सभा सदस्य रामकुमार यादव , प्रमोद यादव जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुर उपसभापति सरोज यादव , स्थानीय बुद्धिजीवी , राजनैतिक दलका प्रतिनिधि , पत्रकार लगायत हजारौं जनाको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१