Siraha Times
ताजा समाचार

बैशाख १ देखी विद्यालय भर्ना अभियान, सप्तरीका १३ हजार ४ सय ३४ बालबालिका विद्यालय बाहिर

  • चैत ३०, २०७४
  • ९४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ३०। २०७५ साल बैशाख १ गतेदेखी मुलुभरी विद्यालय भर्ना अभियान संचालन हुँदैछ ।सोही सन्दर्भमा बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ (साविकको जिल्ला शिक्षा कार्यालय) ले सप्तरीमा अभियान बारे जानकारी दिएको छ ।सो कार्यक्रममा समन्वय इकाईका प्रमुख डोलराज पाण्डेले मुलुकभरी ३ लाख भन्दा बढी बालबालिकाहरु विद्यालय बाहिर रहेको जानकारी दिएका छन् । जस अन्तरगत प्रदेश नं. २ मा १ लाख ५३ हजार ९ सय ५३ बालबालिकाहरु विद्यालय बाहिर रहेको बताए । विद्यालय भर्ना अभियान दुई चरणमा हुने जानकारी दिँदै प्रमुख पाण्डेले बैशाख १ देखी १४ गतेसम्म नियमित विद्यालय भर्नाको बेला बालबालिकाहरुलाई विद्यालयमै फुलमाला लगाएर स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए । त्यस्तै १५ देखी ३० सम्म भर्ना हुन बाँकी रहेका बालबालिकाहरुलाई घरदैलो कार्यक्रम गरेर विद्यालयमा भर्ना गराउने अभियान संचालन गरिने उनले जनाए । यस्तै प्रमुख पाण्डेले सप्तरीमा ५ वर्षदेखी १२ वर्षमूनीका १३ हजार ४ सय ३४ बालबालिकाहरु हाल विद्यालय बाहिर रहेको जानकारी दिए । यता सप्तरीमा ती संख्याको बालबालिकाहरु विद्यालय बाहिर रहेपनि १० देखी १४ वर्ष मूनीका १ हजार ७ सय ४८ जना किशोरीहरु किशोरी शिक्षामा अध्ययनरत रहेका छन् र उनीहरु बैशाखमा आधारभूत शिक्षाका लागि विद्यालयमा भर्ना हुने तयारीमा रहेको प्रमुख पाण्डेले जानकारी दिए ।प्रमुख पाण्डेले सप्तरीमा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई सबै स्थानिय तहले आफ्नो तर्फबाट सहयोग गनुपर्ने आग्रह समेत गरे । उनले विद्यालय भर्ना हुने बालबालिकाको पाठ्पुस्तकलागि जिल्लाका सम्पूर्ण स्थानिय तहमा रकम पठाइसकेको जानकारी दिदै सम्पूर्ण विद्यालयलाई स्थानिय तहबाट रकम लिएर पाठुपुस्तक खरीद गर्न आग्रह समेत गरे ।सोही कार्यक्रममा सम्पूर्ण गैरसरकारी संस्थाहरुलाई समेत विद्यालय भर्ना अभियानमा सहयोग गर्न अपील गर्दै प्रमुख पाण्डेले सामाजिक कार्यका लागि व्यक्ति व्यक्तिसँग सहयोगको अपेक्षा राखेको बताए । जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमु, उपप्रमुख, कार्यकरी अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रअ, शिक्षक महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१