Siraha Times
ताजा समाचार

बाल विवाह एबम् दाइजो मुक्त नेपाल,राष्ट्रिय अभियान को नयाँ कार्य समिति चयन

  • माघ ४, २०७६
  • १६२७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडौ माघ ४ गते ।बाल विवाह तथा दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानको नयाँ राष्ट्रिय कार्यसमिति चयन गरिएको छ ।

काठमाडौंमा राष्ट्रिय अभियानको साधारणसभाबाट २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

विभिन्न १४ जिल्लाको अभियन्ताहरुको समावेशिता राखेर डा.सि.के. सिंहको संयोजकत्वमा उक्त कार्यसमिति गठन गरिएको कार्यसमितिका कोष संयोजक प्रकृति सिंह ठकुरीले बताए ।

उनका अनुसार सप्तरी, जाजरकोट, दाङ्ग, सिराहा, धनुषा, महोत्तरी, सुनसरी, गोरखा, बारा, पर्शा, कालिकोट, बर्दिया लगायतका समाजिक अभियन्ताहरुको उपस्थिति रहेको र सोही अनुसार उक्त जिल्लाहरुबाट सहभागीता सहितको कार्यसमिति चयन भएको छ ।

संयोजक, सहसंयोजक, सदस्य सचिव, कोष संयोजक, सचिव तथा बाकीँ सदस्य रहने गरि उक्त पदीय दायीत्व अनुसार आत्म सक्षमताले सो पदीय दायित्य वाँडफाँड गरिएको कुरा राष्ट्रिय अभियानका सह संयोजक हंसा साहले बताए ।

समय २१ औं सताब्दीमा पुगीसक्दा अझै छोरी पढाउने, घर–खेत ऋण लिएर पनि छोरी विवाहमा दाइजो दिनै पर्ने अवस्था कायम रहेको र कतिपय अवस्थामा विवाह पश्चात पनि दाइजोको कारणले प्रताडि़त, अपहेलित तथा उत्पीडि़त हुनु परेको छ ।

सोही जटिल समस्यालाई आफ्नो तवरले पनि उन्मुलन गर्नकोलागि यो अभियान जरुरी रहेको र सो सोही अनुरुप हामी यो राष्ट्रिय अभियानको नयाँ कार्यसमितिमा आएको सह संयोजक बताएँ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १३को देउराली गाउँको महिला समूहको आग्रहमा गाँउकै श्री महेन्द्र माध्यमिक विद्यालयको शिशु कक्षा देखी कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीहरु शैक्षिक सामग्री वितरण गरि उक्त राष्ट्रिय अभियानको घोषणा गरिएको थियो ।

पछि सोही बडा नं.१३का महिला समूहको सहभागीमा प्रथम जिल्ला कार्यसमिति गोरखा जिल्लाबाटै शुरु भएको कुरा अभियानका सदस्य ललन साहले बताएँ । अभियानको २५ सदस्य नयाँ कार्य समिति यस प्रकार रहेको छ ।

१. संयोजक : डा. सी.के. सिंह २. सह संयोजक: अनुपमा राई ३. सह संयोजक : तपेश्वार यादव ४. सह संयोजक: डा. विजय शाह कानु ५. सह संयोजक: हनसा शाह ६. सदस्य सचिव :कुमार भक्कर ७. सचिव : भानु भक्त शर्मा ८. कोष संयोजक : प्रकृति सिंह ठकुरी ९. सदस्य : ललन कुमार शाह १०. सदस्य : ई. शैलेन्द्र यादव ११. सदस्य : विनुजा शर्मा १२. सदस्य: संजय कुमार यादव १३. सदस्य : नरेश कुमार शाह १४. सदस्य : राज कुमार मण्डल १५. सदस्य : महेश यादव १६.सदस्य : चन्द्र प्रकाश ओली १७. सदस्य :संजय कुमार यादव १८. सदस्य : प्रवीण कुमार गुप्ता १९. सदस्य: घुरण कुमार शाह २०.सदस्य : सनोज कुमार शाह २१.सदस्य: ऋषिकेश गुप्ता २२.सदस्य: दुर्गा कुमारी शाह २३.सदस्य: विक्रम शाह २४.सदस्य: अभिजीत कुमार यादव २५.सदस्य: नाजिर मोहम्मद

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१