Siraha Times
ताजा समाचार

बुद्ध एयरको जनकपुरबाट काठमाण्डौंको भाडा १८ सय

  • माघ ४, २०७६
  • ४१८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

माघ ४ । बुद्धले जनकपुरबाट काठमाण्डौंका लागि १८ सय भाडा निर्धारण गरेको छ । बुद्ध एयरले भाडा घटाएपछि ग्राहकहरु समेत खुसी भएका छन भने बुद्ध एयरप्रति आकर्षण बढेको छ । यता जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रीकालीन विमान चलाइने तयारी भइरहेकोे छ । आवश्यक सम्पूर्ण तयारी पुराभएपछि पहिलो र दोस्रो चरणको टेस्ट सम्पन्न भएकाले माघ ६ गतेदेखि प्रत्येक राती बुद्ध एयर जनकपुरधाम आउने बुद्ध एयर जनकपुरधामका प्रमुख विजय सिंहले जानकारी दिएका छन । सिंहका अनुसार रात्रिकालीन उड़ानको लागि बिभिन्न चरणमा टेस्ट हुने गर्छ त्यसको प्रक्रिया सम्पन्न भइसकेको छ । जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको विमान जेठ महिनामा पहिलो टेष्टीगंको रुपमा अवतरण गरेको थियो भने दोस्रो टेष्टीगं यसै साता गरिएको छ । यस अघि नै रात्रीकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको छ । रात्रीकालीन सेवाका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पुरा भइसकेपनि वरिपरि रहेका रुखहरु समस्याको रुपमा देखिएको थियो । बाधक बनेको रुखहरु पनि काटेर हटाइएको छ । विमानस्थल वरिपरि अग्ला देखिने प्रजातीका झण्डै चार सय रुख काटिएको छ । रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहिदिन काम गरेर फर्कन सक्ने जनकपुरधामका व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१