Siraha Times
ताजा समाचार

पाँच लाख पचास हजारको “बडा ब्युटिफुल नामक” एउटै मैथिल भिडियो रिलिज

  • माघ २, २०७६
  • १६९८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान, २ माघ । आजभोलि दैनिक जसो स्थानिय भाषका गित सँगित बजारमा आईरहेको छ । प्रतिस्पर्धाको बजरमा गितलाई टिकाउन गाह्रो भैरहेको अबस्थामा सिरहाको गोलवजारबाट एउटा महंगो मैथिल भिडियो सार्बजनिक भएको छ । मैथिल संस्कृती बोकेको गितको नाम हो “बडा ब्युटिफुल” । ऐट. के. क्याम्राको प्रयोग गरी खिचिएको भिडियोको एउटै गितमा पाँच लाख पचास हजार खर्च भएको जनाईएको छ । बुधबार सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी लगानिकर्ता अमर रकले त्यस्तो बताए । उनले भने यस गितमा ‘नेपालको ख्याति प्राप्त एवम महंङ्गो कालाकार सुनिल क्षेत्री र अञ्जली अधिकारीले मोडेलको भुमिकामा रहेको छ भने , हरी लम्सालको संगित रहेको छ । सिरहाको मिर्चैया नगरपालिकाका अमर रक जसले नेपालको ललित कला क्याम्पस देखी आफनो सागितिक औपचारिक यात्राको सरुुवात गर्दै भारतको मुम्बई बाट मास्टर्स गरेर आफनै मौलिकतालाई गित संगितको माध्यमले संरक्षण गर्नका लागी करिब १४ बर्षको मुम्बईको अनुभव लिएर जन्मथलो नेपाल आएको उनले बताए । गायक रकले भने ‘हिन्दी नेपाली भोजपुरी गर्नु भन्दा आफ्नो मौलिकतालाई कसिलो बनाउँन मैथिली गीतको बजारिकरण गर्न आवश्यकता छ ।’ ‘यो नितान्त अलग गीत हो ’ ‘यसमा कूनै नक्कलवाजी नरहेको’ उनले दावी गरे ।

“बडा ब्युटिफुल नामक” एल्वममा जम्मा ६ वटा गित रहने भन्दै पारिवारिक , सामाजिक , बैदेशिक रोजगारमा गएका युवाहरुको पिडा लगायतका कथा बस्तुहरु समेटीने उनले जनाए । एल्वमका गितहरु प्रत्येक महिना एउटा एउटा गरी रिलिज गरिने भन्दै जम्मा ६ वटा गितमा करिब ३५ लाख खर्च हुने उनले दाबी गरे । पूर्ण रुपले नयाँपन गीतमा तयार गरिएको ‘बडा ब्यूटिफुल’ भिडियो रिलिजसँगै यूटुव तथा समाजिक सँजालमा प्रसारणमा राखिएको छ । ८३ कलाकारको समिश्रणमा भिडियो तयारी गरिएको छ । गितको रिलिज गितकार तथा लेखक जगमोहन साहले गरेका थिए । ‘बडा ब्यूटिफुल’ गीत रिलिजकै अवसरमा सफलताको शुभकामना दिँदै नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले मधेश आन्दोलनसँगै मैथिली गीतसँगीत व्यापक रुपमा अघि बढिरहेकोले यहाँको संस्कृति जोगाउँन यसले सकारात्मक र सफल रहने बताए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१