Siraha Times
ताजा समाचार

बिपन्न सय परिवारलाई चितवनका युवाहरु द्वारा न्यानो कपडा सहयोग

  • पुस २७, २०७६
  • ११३६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा ,पुस २७ गते । धनुषा जिल्लाकाे जनकनन्दनी गाउँपालीका -१ इनर्वाकाे शनिबार तराई मधेसको बढिरहेको चिसोका कारण देशै भरि चिसो र बर्षातको मौसम छ ।यसै बेला चितवनका युवाहरु धनुषामा सहयोग सामाग्री सहित जनकनन्दनी गाउँपालिकामा रहेका गरिब १०० परिवार लाई न्यानो कपडा बितरण गरेका छन । चिया बेचेर सङ्कलित रकमको कपडा किनेर नया सन्देश दिने तरिका ले सहयोग गरेका छन । पुलचोकमा र चाैबिसकोठिमा चिया बेचेर आर्थिक रकम सङ्कलन गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रदेश सभा सदस्य उमेदवारका प्रतिद्वन्द्वी राजेश्वर गोईतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै यस्ता कार्यक्रममा आफ्नो सदैब साथ र सहयोग रहने उनले बताए । यस्तै बिशिस्ट अतिथिमा सामाजिक व्यक्तित्व नेकपा एमालेका बडा अध्यक्षका प्रतियासि सन्तोष गोईत (पुर्व सचिव रामचन्द्र मणि )र अन्य राजनितिक दल का प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तिहरु को उपस्थिति थियो । कार्यक्रम का सभापति बिमल सापकोटा थिए । कार्यक्रममा बोल्दै सापकोटाले परेको खन्डमा अझै सहयोग जुटाउने प्रतिबद्धता दिए र अब को नया कार्यक्रम र अभियान का बारेमा केही दिन मै जानकारी गराउने उनले भने सामाजिक अभियान्ता प्रकाश थापा हामी अझै पनि चिया बेचेर विभिन्न ठाउमा रहेका गरिव बालबालिका लाई सदैब सहयोग का लागि जुट्ने प्रतिबद्धता दिएका छन साथै सामाजिक अभियानमा युबा लाई अग्रसर बनाउन उनी लागि रहने उनले बताए । एस अभियानमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण मा धन्यवाद सामाजिक अभियान्ता ईन्द्रजीत गाेईत ले बताए ।
 
 
 

प्रतिक्रिया दिनुहोस

अपाङ्गता भएका महिला ...

ओम प्रकाश यादव लहान, असार १०। मधेश प्रदेशको पर्सा जिल्लामा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिका ...

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१