Siraha Times
ताजा समाचार

सिरहाको नरहा गाउँपालिकाको आयव्यय पत्रकार समेलगरि गरे सार्वजनिक

  • पुस २२, २०७६
  • ६६१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २२ पौष। सिरहाको नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आय व्यय सार्वजनिक गरेको छ । गाउँपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को आयव्यय सार्वजनिक गरेको हो । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी सहित विपक्षी नेपाली काँग्रेस लगायतले आर्थिक पारदर्षिताको माग गर्दै आन्दोलन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रामशरण यादवले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरिएको र कुनै प्रकारको अनियमितता नगरेको दाबी गरेको छ । अध्यक्ष यादवले भने,‘कुनै प्रकारको अनियमितता भएको छैन् । खर्चको विवरण सार्वजनिक गरेको छु । तर विपक्षीहरु बैंक स्टेटमेण्ट लगायतका अनावश्यक बहानामा आन्दोलन गरिरहेको छ ।’ ‘विपक्षीहरुले पारदर्षिताको माग गर्दै आएको छ । हामीले आज पत्रकार सम्मेलन गरी हरहिसाब सार्वजनिक गरेका छौं,’ गाउँपालिका अध्यक्ष यादवले बताए । आर्थिक वर्ष २०७४/०७५ मा २१ करोड ९६ लाख १ हजार ८४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९७८ रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १९ करोड ६४ लाख ९९ हजार ३८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामाले बताईन् । चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिना वित्न लाग्दा पनि नरहा गाउँपालिकाको सभा हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७६/०७७ मा २८ करोड ३ लाख ८९ हजार ९२ रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१