शहिदनगरमा बिपन्न ६० परिवारलाई न्यानो कपडा एवम खाद्यान्न सामग्री बितरण

  • पुस २१, २०७६
  • १७१५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम पुस २१ गते : धनुषाको शहिदनगर नगरपालिकाका ६० जना विपन्न घरपरिवारका व्यक्तिहरुलाई न्यानो कपडा एवं खाद्यान्न सामग्री वितरण गरिएको छ ।

शहिदनगर नगरपालिका वड़ा नम्बर–६ हट्ठिपूरमा कामाख्या परिवार नेपालको आयोजना एवं जिल्ला प्रशासन कार्यालय धनुषा तथा शहिदनगर नगरपालिकाको बिशेष समन्वय र मिथि फाउण्डेशन तथा रेल्वे ट्रयाक सरसफाइ अभियानीहरुको सहकार्यमा विपन्न बर्गका व्यक्तिहरुलाई न्यानो कपड़ा एवं खाद्यान्न सामग्री बाँडिएको हो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल,शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया,उपमेयर शिला देवी कापर,कामाख्या परिवार नेपालका अध्यक्ष बिभास लाभ,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत,सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती,कामाख्या परिवार नेपालकी सचिव ललिता लाभ,अभियन्ता रूबी झा, दिपक कुमार चौधरी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा लगायत दजनौं संख्यामा नागरिक समाज,स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१