Siraha Times
ताजा समाचार

सृजनशील शिक्षा आजको मुलभुत आवश्यकता वक्ताहरु

  • पुस १४, २०७६
  • १५४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सृजनशील शिक्षा आजको मुलभुत आवश्यकता रहेको एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन । नेपाल विद्यार्थी संघ जनकपुरधाम उपमहानगरपालिका नगर कमिटीले आयोजना गरेको सृजनशील शिक्षा आजको मुलभुत आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विना सिपको शिक्षाले बेरोजगारी बढाएको भन्दै रोजगारमुखी र सीपमुखी शिक्षाको आवश्यकतामाथि जोड दिएका थिए । वतmाहरुले शिक्षित व्यतिmहरु समेत बेरोजगार हुनुमा वर्तमान शिक्षा प्रणाली रहेको भन्दै शिक्षा प्रणालीमा सुधार गरिनुपर्ने र यसप्रति प्रदेश सरकार र संघीय सरकार समेत गम्भिर हुनुपर्नेमा जोड दिए । शिक्षामा बढदो भ्रष्टाचार समेत परिणाममुखी आउन नसकेको प्रति दुःखेसे व्यतm गरे । नेपाल विद्यार्थी संघ जनकपुरधाम उपमहानगरपालिका नगर कमिटी अध्यक्ष राजेश कर्णको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कपिलेश्वर यादव , विशिष्ठ अतिथि नरेश यादव रहेका थिए भने कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य सजीव यादव , विद्यार्थी नेता पुष्पेन्द्र यादव , राराब ईकाई कमिटी अध्यक्ष सुजित यादव लगायतका नेताहरुको उपस्थििति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१