Siraha Times
ताजा समाचार

कान्छो मेयरलाई विकास पुरुष भन्दै प्रशंसा सहित 'उत्कृष्ट मेयर' सम्मान

  • पुस १३, २०७६
  • १७३४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर (नगर प्रमुख) उदय कुमार बरबरियालाई विकास पुरुष भन्दै धनुषाको उत्कृष्ट मेयरको रुपमा सम्मान गरिएको छ ।

शनिबार अधिकृत सँगम धनुषाको १२ औं वार्षिक साधारण सभामा उहाँलाई नगर विकासको लागि दिएको योग्दान तथा जनताप्रतिको भूमिकालाई कदर गर्दै सम्मान गरिएको हो । प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री मो. लालबाबू राउतले सँयुक्त रुपमा मेयर बरबरियालाई सम्मान गर्नुभएको हो । नेपालको संघीय संरचना पछि बनेको स्थानीय सरकार मध्ये प्रदेश नं २ को धनुषा शहिदनगर नगरपालिकाबाट नगर प्रमुख मेयरको रुपमा निर्वाचित भएदेखि नगरको विकास निर्माण, कृषि तथा पशुपालन व्यावसायको विकास, विपदको समयमा आफ्नो नगरवासीको उद्धार एवम् राहतको साथै नगरक्षेत्रको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकासको नमुना झल्काएको भन्दै सम्मान गरिएको हो । 

यसका साथै नगरको गरिबीको रेखालाई तल झार्नको लागि देखाएको सक्रियतामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । मेयर बरबरियालाई प्रदेश प्रमुख परियार र मुख्यमन्त्री राउत सँयुक्त रुपमा दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गर्नुभएको हो । 

प्रसँसा पत्र ग्रहण गर्दै मेयर बरबरियाले प्रदान गरिएको सम्मान, प्रशँसा समग्र शहिदनगरवासीको वरदान र देन रहेको बताउनुभएको छ ।  उहाँले भन्नुभयो– “यस्ता कार्यको लागि मलाई सधैं सघाउने मेरा अग्रज, सल्लाहकार, हाम्रा शहिदनगरवासी प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यसका साथै, आगामी दिनमा पनि निरन्तर साकारात्मक विकासको लागि मेरो कदम निरन्तर चलिरहने प्रतिवद्धता समेत गर्न चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१