Siraha Times
ताजा समाचार

बिष्णुपुर गाउँपालिकाको ठेक्का मिलोमतो

  • पुस १३, २०७६
  • ७१९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

रामपुकार यादव बिष्णुपुर,पुस १३ गते ।बिष्णुपुर गाउँपालिकामा गापा अध्यक्षकै अगाडी ठेक्का मिलमतो भएको छ ।२०७६÷०८÷१२ गते नयाँ पत्रिकामा निकालिएको सुचना अनुसार जम्मा ४६ वटा फर्म कम्पनिह?ले ठेक्का खरिद गरेका थिए ।सो मध्ये आफ्नै पोकेटका फर्म कम्पनिलाइ ठेक्का दिने हिसाबले ७ प्रतिशत का दरले सबै फर्मलाई रकम को व्यबस्था हुने गरी ठेक्कामा मिलोमतो गरेको खुलासा भएको ठेकदार स्रोतको दावि रहेको छ । आज १३ गते दिनको २ बजे बिधिवत ?पले खुल्ने भनि आाएको ठेक्का बिहान ११ बजे मेयरको अगाडी नै ७ प्रतिशत रकम मिलोमतो भएको ठेकेदारह?ले बताउँछन ।सात प्रतिशतको दरले रकम बाँडफाड भैरहेको बेला केहि ठेकेदारलाई अपुग भएको रकमको लागि मतमतान्तर भएपछि मिलोमतोको तथ्य बाहिर आएको थियो । यस सम्बन्धि गापा अध्यक्षलाइ सोध्दा मलाई ठेक्का सम्बन्धि केहि थाहा नभएको बताए । अधारभुत स्वास्थय केन्द्र निर्माण वडा न.३, अधारभुत स्वास्थय केन्द्र निर्माण वडा न५, सामुदायिक भवन निर्माण बिष्णु सेवा समाज वडा न.१ र जनता उच्च मा.बि. गौरिपुर नयाँ भवन निर्माण वडा न.१ को लागि निकालिएको ठेक्काको रिजल्ट मिलोमतोमा भएका कारण ठेक्का खुल्नु भन्दा पहिलै आउट भएपछि गाउँपालिकाको व्यापक लापारबाहि रहेको र यसले भ्रष्टाचार नि?पनमा नाकारत्मक भुमिका खेल्न सक्ने संकेत रहेको उनिह?को दावि रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१