Siraha Times
ताजा समाचार

भिजिट मधेश नेपालका संयोजक सामाजिक अभियानी यादव पनि मनोनीत

  • पुस ११, २०७६
  • ९५२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

विराटनगर । प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने भएको छ । बिराटनगर स्थित रंगशालामा पुस १६ गते १ जनवरी का दिन १० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिने प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले जानकारी दिएका छन् ।  

समितिअन्तर्गत गठित मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले १० हजार जनाको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिने बताए ।

प्रवर्द्धन समितिका अध्यक्ष तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियतले नेपाल सरकारले प्रवर्द्धनकालागि पहिचान गरेको सय मुख्य पर्यटकीय गन्तव्यस्थलहरु मध्ये प्रदेश १ मा १६ वटा रहेको र ती गन्तव्यस्थलसम्म पर्यटकहरुलाई पुर्‍याउन र त्यसका विषयमा जानकारी दिन उद्घाटन स्थलमा स्टल स्थापना गरेरै जानकारी गराउने तयारी रहेको जानकारी दिए ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा विशेष सामग्री प्रकाशन गर्ने, सामाजिक संघ संस्थाहरुलाई व्यापकरुपमा परिचालन गर्ने र जनवरी १ का दिन पुस १६ गते दिउँसो १२ बजे १० हजारभन्दा बढीको सहभागितामा उद्घाटन समारोहको आयोजना गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संरक्षक र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहेको ५१ सदस्यीय समिति क्रियाशील रहेको सोही समिति अन्तर्गत मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार उद्घाटन समारोह २ घण्टाको हुनेछ। जसमा विभिन्न झाँकी, मार्चपास तथा सांगीतिक कार्यक्रम समेत राखीएको छ । 

यसैविच बिहीवार उद्योग पर्यटन वन तथा वातावरणमन्त्रालयमा एक कार्यक्रमका विच भ्रमण वर्षलाई सफल बनाउन मुल समारोह व्यवस्थापन उपसमितिमा भिजिट मधेश नेपाल का प्रदेश संयोजक तथा  समाजिक अभियनता राकेश रोशन यादव लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व सहित सदस्यहरु मनोनीत गरिएको छ। मनोनीत सदस्यहरुलाई मन्त्री जगदीशप्रसाद कुशियतले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

हावाहुरीपीडित २५ परि ...

रहमुल, लहान १७ वैशाख । गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई र ...

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१