ताजा समाचार

जडिबुटीमा लगानी गर्न प्रदेश सरकार तयार रहेको मन्त्री : यादव

  • पुस ४, २०७६
  • ९५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान ४, पौष । स्वस्थ्य जिवनयापनका लागि खानपिनमा सुधार गरेमा मानव सयौं बर्ष बाच्न सकिने प्रदेश नम्बर - २ का उधोग पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश राय यादवले बताउनु भएको छ । प्रकृति संग मेलखाने कुरा खाएमा शारीरिक र मानसिक दुबै रुपमा मानिस स्वास्थ रहने भएकाले जडिबुटी र फलफूल खेतिमा जोड दिन किसानहरुलाई उनले आग्रह गरे । सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयमा दुई दिने प्रशिक्षण तथा अधिबेशन कार्यक्रममा बोल्दै मन्त्री यादवले भने हाम्रो मुलुक प्राकृतिक रुपले धनी देश हो ´ हाम्रो मुलुकमा धेरै प्रकारका जडिबुटी भएकोले जडिबुटी संरक्षण गर्न प्रदेश सरकार पछि नपर्ने बताए । प्रदेश नम्बर- २ का कृषि मन्त्रालय सङ्ग सहकार्य गरेर किसान हरुकालागी जडिबुटी खेतीमा जोड दिन विभिन्न खालका कार्यक्रमहरुको प्याकेज मन्त्रालयले ल्याउने उनले दाबी गरे । अर्को प्रसङ्गमा उनले भने ` माटोको क्षमता बढाउनका लागि रासायनिक मलको प्रयोग निशेध गर्नु पर्ने र आर्गानिक मलमा जोड दिन किसानहरुलाई आग्रह गरे । माटो जिबनको आधार हो , वायु प्राण भएकाले माटो र बायुलाई संरक्षण गर्नका लागी एक जनाले कम्तीमा ५ वटा रुख रोप्न उनले सबैमा आग्रह गरे । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल जिल्ला संगठन विस्तार कर्यसमिती सिरहाको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरि , प्रदेश अध्यक्ष ईन्द्र पाठक , गोलबजार नगरपालिका मेयर देबनाथ साह, धनगाडिमाई नगरपालिकाका मेयर हरिनारायण चैधरी, सरोकारवाला निकायका प्रतिनिधि लगायत पत्रकारहरुको सभागिता रहेको थियो । सिरहाका सबै स्थानीय तहसंग समन्वय गरेर प्रत्येक घरको भान्सालाई प्राकृतिक औषधालय बनाउनका लागि मापदण्ड अनुसार १७ वटौ स्थानीय तहको टोल टोलमा अभियान संचालन गर्ने आयोजकले जनाएको छ । झापा जिल्लाको दमक नगरपालिकाबाट सो अभियानको सुरुवात भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤