Siraha Times
ताजा समाचार

साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला हुदै (पुरा विवरण हेर्नुहोस्)

  • चैत २९, २०७४
  • १३६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २९।साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला हुने भएको छ । विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने भनेर फैसला हुने बताइएको छ । सन् २००६ सालमै एक पाकिस्तानी नागरिकसँगको भनाभनकै क्रममा हुन पुगेको दुर्घटनामा दोषी करार दिँदै घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने सउदी अदालतले आदेश दिएको छ ।

हालाकी, दुर्घटनामा ज्यान गएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारले उमेशलाई आममाफीको लागि राजी भएको भन्दै सउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालै स्थगित गरेको हो । दुर्घटनामा मृत्यू भएका मो. लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केहीदिनपछि उनले अर्को विवाह गरेको तथा मृतक लतिपको आमाबुवाले उमेशको आममाफीको लागि भनिसकेको बुझिएको छ । लतिपकी श्रीमति र बुवाआमाबीच ब्लडमनीकै लागि तनावभएपछि ब्लडमनी चाहिएको वा नचाहिएको भनेर प्रष्ट समेत हुन नसकेपछि सरोकारबालाहरुसमेत अलमलमा परेका छन् ।

मृतक लतिपको परिवारलाई ब्लडमनी नै चाहियो भने नेपाल र विदेशमा रहेका नेपालीहरुले जतिसुकै बेला पनि ब्लड मनी जुटाउन सकिने आश्वासन दिएका छन् । तर, ब्लड मनि आवश्कता प्रष्ट भईनसकेको कारण उमेशको मुद्दा विगत १२ वर्षदेखि मन्द गतिमै चलिरहेको छ । उमेशको मुद्दाप्रति चासो लिँदै विभिन्न सँघसँस्थाहरुले उक्त सजाय कार्यन्वयन हुनबाट रोक्न विभिन्न प्रयास थालिसकेका छन् भने पाकिस्तानी एम्बेसी समेत उमेशको मुद्दाप्रति साकारात्मक चासो देखाएकोले उमेशको सजाय आम माफीमा परिणत हुने शुभ सँकेत देखिएको छ ।

शरिन ख्युङ्वा तामाङको फेसबुक लाइभ हेर्नुहोस :

जनकपुर का उमेस यादवको बारेमा चैत्र २२ गते आएको समाचारले आज ९ तारिख साउदी अदालतले मृत्युदन्ड वा आममाफीको खवरले हिजो म लगायत लाखौं नेपालीहरुको मन मुटुले स्थान छोडेको थियो आज तिनै फैसला बारे पुर्ण जानकारी लिनको लागि मैले उमेस यादब लगायत अन्य साउदी जेलमा परेका नेपालीहरुको उद्दारमा खट्नु भएका समाजसेवी सरोज रे जि सङ्ग प्रत्यक्ष यहाहरु माझ लाइभमा ल्याएको छु ।धन्यवाद

 

 

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१