सिरहामा डिएसपी रिजालको सरुवा ?, अवैद्य कारोबारी हाँसोत्सव मनाउँदै

  • मंसिर २३, २०७६
  • १८२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मुकेश यादव लहान, २२ मंसिर । प्रदेश नम्बर २ सिरहामा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका छन् । डिएसपी रिजाल आएपछि सात महिनादेखि सिमाक्षेत्रमा हुने तस्करी तथा अवैद्य कारोबार बन्द भएको छ । तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउलगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको छ । हालै हुन्डी कारोबारी पनि पक्राउ परेका छन् । उता, भारतबाट भन्सार छली गरी नेपाल ल्याउँने मालसमान रोकिएपछि तस्करहरुको एक समूहले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई सरुवा गर्ने प्रयास असफल भएको छ । सिरहाको मुख्य तस्करी हुने लहानदेखि ठाडी भन्सार, कचनारी, झाझपट्टीलगायतको ठाउँमा समेत कडाई रहँदा डिएसपी रिजाललाई लहानका केही उच्च व्यापारीले रिझाउँन पुगेका थिए । डिएसपी रिजाल व्यापारीहरुको कुरामा सहमत नभई झन कडा गरेका थिए । सिमाक्षेत्रको कारोबार तथा अवैद्य मालसमान आयात निर्यात गर्न जिल्ला उद्योग वाणिज्य सँघले लहानको गोधुली होटल, बाटिका टुरिजम, उद्योग वाणिज्यसँघ लहानमा पटक पटक छलफल कार्यक्रम गरे । त्यस छलफलमा नेपाली काँग्रेसका साँसद, सिमाक्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यापारीले एउटै आवाज उठाएका थिए । सिमाक्षेत्रको कारोबार खुला गर्नुपर्छ । यस कारोबारको लागि एसपी चतुर्वेदी र डिएसपी रिजाल नै बाधक रहेको ठहर गरेका थिए । छलफलपछि एक टोली सत्तापक्षका नेताहरुलाई रिझाएर संघीय सरकारलाई यिनीहरुलाई सरुवा गर्न गराउँन आग्रह गरेका थिए । एसपी चतुर्वेदीको सरुवाको हल्ला चलेपनि ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको काज सरुवा भएको छ । उता, डिएसपी रिजालसँग सम्पर्क गर्दा ‘सरुवावारे मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ’ बताए । यता, अवैद्य कारोबार गर्ने रमेश साह, सन्तोष पुर्वे, आनन्दलगायत लहानका मरिच, मटर र फेयरलवली कारोबारीको छलफलमा हाँसोत्सव मनाउँदैछन् ।===

प्रतिक्रिया दिनुहोस

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

पिडितहरुद्धारा अल्ट् ...

रंजित चौरसिया,वीरगंज २ भदौं । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१