Siraha Times
ताजा समाचार

सिरहाको लहानमा राजपा पार्टीको माहौल तातिदै

  • मंसिर २२, २०७६
  • १३६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २२ मंसिर । सिरहाको लहानमा राजपा पार्टीका लहान नगर कमिटीले र नगर अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । राजपा नेपालको लहान नगर अधिवेशनमा २४ सौ वडाका वडा तदर्थ समितिहरुको रोहबरमा पार्टीका केन्द्रिय सदस्य डा.महादेव साहको अध्यक्षतामा समपन्न भएको छ। २१ गते शनिबार लहान स्थित गोपाल सेवा सदनमा गरिएको सम्मेलनमा रा.ज.पा.नेपाल लाहान नगर सम्मेलन,प्रदेश सम्मेलन र क्षेत्रीय सम्मेलन बाट क्रमशः  ल.न.पा.नगर अध्यक्ष मो.आलम, प्रदेश १ (क ) मा अध्यक्ष उमेश सिंह , प्रदेश १ (ख) मा अध्यक्ष सिमा विश्वास र क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल सर्व  सहमतिबाट चयन गरिएको छ । अधिवेशनको अध्यक्षता के.सदस्य तथा प्रत्यासी मेयर डा. महादेव साहको अध्यक्षतामा के.सदस्य रोहित महतो ,भरत साह, अभिषेक शर्मा , देवनारायण साह, राकेश झा,जिल्ला संयोजक रामदयाल यादव, श्रवण झा, उपेन्द्र सिंह, जिल्ला उपाध्यक्ष मनोज सिंह , क्षेत्रीय अध्यक्ष मो. गुलाव , प्रेस मंच के. सदस्य बिरेन्द्र यादव (बिरु), विद्यार्थी मंच के.सदस्य बिजय यादव , पुर्व नगर अध्यक्ष शत्रुधन मण्डल लगायत नेताहरुको उपस्थिति रहेको थियो । २४ सै वडाका वडा तदर्थ कमिटीहरुको रोहबरमा लहान नगर अध्यक्षमा आन्दोलनकारी मो.आलम , क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल , प्रदेश १(क)अध्यक्षमा उमेश सिंह लगायत ७१ सदस्य कमिटी नगर तथा ७१ क्षेत्रीय कमिटी  सदस्य सर्व सहमतिले चयन भएको छ।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१