ताजा समाचार

खडक नगरपालिकाका वडा नं. १ र ४ का नागरिकलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

  • भदौ १६, २०८३
  • १३७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, भदौ १६ । खडक नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा मोतियाबिन्दुबाट प्रभावित नागरिकलाई लक्षित गरी निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ। नगरपालिकाको पहलमा खडक नगरपालिका–१ र ४ का आमाबुवाहरूको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरिएको हो।

आँखाको दृष्टि कमजोर हुँदै गएर दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी नगरपालिकाले स्वास्थ्य सेवाअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। आर्थिक अभावका कारण आँखाको उपचार तथा शल्यक्रिया गराउन नसकेका नागरिकका लागि निःशुल्क शल्यक्रियाले ठूलो राहत पुगेको छ। नगरपालिकाका अनुसार पहिलो चरणमा वडा नं. १ र ४ का मोतियाबिन्दु भएका नागरिकको पहिचान गरी शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि लामो समयदेखि आँखाको समस्याका कारण असहज जीवन बिताइरहेका नागरिकले पुनः स्पष्ट रूपमा देख्न सक्ने अवस्था बनेको छ।

May be an image of one or more people and dais

नगरपालिकाले नगरका सबै वडाका नागरिकलाई समेट्ने गरी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। बाँकी वडाका मोतियाबिन्दु भएका नागरिकको शल्यक्रिया आगामी असोज महिनामा गरिने तयारी गरिएको छ। खडक नगरपालिकाले नगर क्षेत्रभित्रका करिब १ हजार जना नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार चरणबद्ध रूपमा वडास्तरमा लाभग्राही पहिचान तथा उपचार प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

May be an image of one or more people, clothes iron and hospital

मोतियाबिन्दुका कारण दृष्टि गुमाउँदै गएका नागरिकलाई समयमै उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले विशेषगरी ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। आर्थिक रूपमा कमजोर तथा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका नागरिकका लागि स्थानीय सरकारबाटै निःशुल्क शल्यक्रिया सेवा उपलब्ध हुनु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

May be an image of hospital, temple and text

नगरपालिकाले बाँकी वडाका नागरिकलाई पनि मोतियाबिन्दुको समस्या भएमा सम्बन्धित वडा तथा स्वास्थ्य संस्थामार्फत जानकारी गराई उपचार प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। नगरपालिकाले आगामी चरणमा पनि कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै लक्ष्यअनुसार १ हजार जनासम्मको निःशुल्क शल्यक्रिया सम्पन्न गर्ने जनाएको छ। नगरपालिकाको यस पहलबाट दृष्टिसम्बन्धी समस्या भोगिरहेका नागरिकले पुनः आफ्नो दैनिक काम सहज रूपमा गर्न सक्ने अवस्था बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤