ताजा समाचार

७/८ वर्षकै उमेरमा बुबाआमा गुमाएका सुमित सदायको सहारा बने मेयर चौधरी

  • भदौ १६, २०८३
  • ५५२ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै गुमाएका छन्। आमाको यसअघि नै मृत्यु भइसकेको थियो भने बुबाको समेत निधन भएपछि सुमित पूर्णरूपमा अभिभावकविहीन बनेका छन्।

अभिभावक गुमाएपछि सुमितको जीवन झनै कठिन बनेको छ। उनको सम्पत्तिको नाममा आफ्नै जग्गा छैन। अरूको जग्गामा बनाइएको सानो फुसको छाप्रोमा बस्दै आएका सुमितको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको स्थानीयवासीले बताएका छन्। परालले छाएको छाप्रोमा बस्दै आएका उनलाई वर्षायाममा पानी चुहिने, ओत लाग्नसमेत कठिन हुने र दैनिक दुई छाक खानका लागि समेत समस्या हुने अवस्था रहेको बताइएको छ। सानै उमेरमा अभिभावक गुमाएका सुमितको भविष्य र संरक्षणको विषयले स्थानीयवासीलाई समेत चिन्तित बनाएको छ। 

सुमितका बुबाको निधन भएको खबर पाएलगत्तै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी राहत सामग्रीसहित उनको घरमै पुगेका छन्। नगर प्रमुख चौधरीले सुमितको अवस्थाबारे जानकारी लिँदै तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराएका हुन्। नगर प्रमुख चौधरीले सुमितको छाप्रोमा जस्तापाता लगाइदिने प्रतिबद्धता समेत जनाएका छन्। वर्षायाममा छानो चुहिएर बालकलाई थप समस्या नहोस् भन्ने उद्देश्यले तत्काल जस्तापाताको व्यवस्था गर्ने बताएका हुन्। यसै क्रममा सुमितको छिमेकीको समेत बासको समस्या रहेको जानकारी पाएपछि नगर प्रमुख चौधरीले आवश्यकताअनुसार जस्तापाता उपलब्ध गराउने व्यवस्था गरेका छन्।

नगर प्रमुखको तत्कालीन राहत सहयोगले अभिभावकविहीन सुमितलाई केही हदसम्म राहत मिलेको स्थानीयवासीको भनाइ छ। यद्यपि, सुमितको दीर्घकालीन संरक्षण, शिक्षा, स्वास्थ्य, खानपान तथा सुरक्षित आवासको व्यवस्था गर्न सम्बन्धित निकाय, स्थानीय समाज र सहयोगी हातहरूको निरन्तर साथ आवश्यक देखिन्छ। विपन्न, दलित तथा अतिविपन्न परिवारमा मृत्यु वा विपत्तिको खबर पाउनासाथ नगर प्रमुख चौधरी स्रोत–साधनले भ्याएसम्म तत्काल पीडितको घरमै पुग्ने गरेको स्थानीयवासी बताउँछन्। राहत सामग्री लिएर पीडितको घरदैलोमै पुग्ने र समस्या बुझेर तत्काल सहयोगको पहल गर्ने कार्यले स्थानीय सरकार नागरिकको दुःखमा साथमा रहेको अनुभूति गराएको उनीहरूको भनाइ छ।

सुमित सदायको अवस्थाले भने एउटा गम्भीर सामाजिक प्रश्नसमेत खडा गरेको छ—सानै उमेरमा अभिभावकविहीन बनेका बालबालिकाको भविष्य कसरी सुरक्षित गर्ने? तत्काल राहतसँगै उनीहरूको शिक्षा, स्वास्थ्य, पालनपोषण र सुरक्षित आवासको दीर्घकालीन जिम्मेवारी सुनिश्चित गर्न स्थानीय सरकारसँगै समाज र सम्बन्धित निकायको ध्यान जान आवश्यक छ। सुमितजस्ता अभिभावकविहीन बालबालिकाको जीवनमा राज्य र समाजको संरक्षण पुग्न सके मात्रै राहत सहयोगको वास्तविक अर्थ स्थापित हुने देखिन्छ। नगर प्रमुख चौधरीले देखाएको तत्कालको पहललाई निरन्तर र दीर्घकालीन संरक्षणसँग जोड्न सके सुमितको भविष्य सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्नेछ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤