ताजा समाचार

तालीमपछि आत्मनिर्भरताको बाटो : लहान–२३ मा १९ महिलालाई निःशुल्क सिलाई–कटाई तालिमको प्रमाणपत्र वितरण

  • साउन २२, २०८३
  • ६२३ पटक पढिएको
  • रहमुल
alt

रहमुल,लहान, २२ साउन । सिरहाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाइ केन्द्रद्वारा सञ्चालन गरिएको दुईमहिने निःशुल्क बेसिक सिलाई–कटाई तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। सीपविहीन महिलाहरूलाई व्यावसायिक सीप प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम सफलतापूर्वक सम्पन्न भएपछि १९ जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको हो। तालिमले सहभागी महिलाहरूलाई स्वरोजगार र आयआर्जनतर्फ प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रम जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा लहान नगरपालिका–२३ का वडा अध्यक्ष बद्री यादव, घरेलु तथा साना उद्योग कार्यालय लहानका कार्यक्रम संयोजक बैद्यनाथ झा, मिथिला सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विलक्षण प्रसाद महतो, संस्थापक राजेश कुमार गुप्ता, वडा सदस्य सोमिना मुखिया, सामुदायिक सिकाइ केन्द्र सिरहा सञ्जालका अध्यक्ष रामबहादुर यादव, सहिद रमेश आधारभूत विद्यालयका अध्यक्ष नन्दिलाल महतो, प्रधानाध्यापक शिवनाथ कुमार सिंह, पूर्व प्रधानाध्यापक उपेन्द्र महतो, समाजसेवी जागेश्वर यादव, लक्ष्मण महतो, हरिलाल महतो तथा कृष्णदेव महतोलगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले महिलालाई सीपयुक्त बनाउनु नै आर्थिक तथा सामाजिक सशक्तीकरणको आधार भएको उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोजगार सिर्जना गर्न सहभागी महिलाहरूलाई आग्रह गर्दै स्थानीय तह, सम्बन्धित निकाय र समुदायबीचको सहकार्यबाट यस्ता कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। मिथिला सामुदायिक सिकाइ केन्द्रले आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤