ताजा समाचार

दैनिक ज्यालादारी कर्मचारीलाई काममा नखटिन पूर्वाधार विकास कार्यालय रौतहटको सूचना

  • साउन १, २०८३
  • ४६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई अर्को आदेश नभएसम्म काममा नखटिन जानकारी गराएको छ।

कार्यालयले २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी सूचना जारी गर्दै हाल कार्यालयमा सञ्चालन हुने कार्यहरूको कार्यबोझ घटेको र ती कार्यहरू मौजुदा दरबन्दीमा रहेका कर्मचारीहरूबाटै सम्पादन हुने जनाएको छ।

कार्यालयका अनुसार दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूले आफू–आफ्नो जिम्मामा रहेका नगदी तथा जिन्सी मालसामान सम्बन्धित कर्मचारीलाई बरबुझारथ गरी कार्यालयको अर्को आदेश नआएसम्म कार्यालयबाट सञ्चालन हुने कुनै पनि कामकाजमा नखटिनुपर्नेछ। पूर्वाधार विकास कार्यालय रौतहटले २०८३ असार ३२ गते जारी गरेको सूचनामा कार्यालय प्रमुख विजय कुमार यादवको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤