Siraha Times
ताजा समाचार

गृह मन्त्रालय र डिआईजीको नाममा 'धाक', घुमुवा चौधरी भए मालामाल

  • असार १८, २०८३
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख वरिष्ठ सई नेत्र राणाको प्रत्यक्ष निर्देशनमा प्रहरी जवान शिवनारायण चौधरीले अवैध रुपमा भन्सार छली गर्ने तस्कर समुहहरुबाट अवैध रकम असुली गरिराखेको समाचार स्रोतले जनाएको छ ।

ईप्रका छपकैयाका प्रमुख राणाका विश्वास पात्रका रुपमा रहेका ईप्रका छपकैयमा घुमुवाको रुपमा कार्यरत प्रहरी जवान शिवनारायण चौधरीले खुल्लेयाम रुपमा नेपाल भारतको सिमा क्षेत्रमा पुगी तस्करहरु सँग मेलमिलाप गरी रातीको समयमा तस्करीका लागि तस्करहरुलाई छुट दिने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ । विगत करिब दुई महिना देखि ईलाका प्रहरी कार्यालय छपकैयामा कार्यरत प्रहरी जवान शिवनारायण चौधरी त्याहाँ अघोषित रुपमा घुमुवाको रुपमा कार्यरत रहेका छन ।

गत असाढ ११ गते समाचार प्रकाशन भए पछि घुमुवा चौधरीले गत सोमबार साँझ छपकैया सिमानाका नजिकै रहेको एक पसलमा पुगी “मेरो ईन्चार्ज (राणा) सरको गृह मन्त्रालय र मधेश प्रदेशमा हालै आएका डिआईजी ओम प्रसाद अधिकारी सर सँग डाईरेक्ट सम्पर्क छ, जति समाचार आए पनि हामीलाई केही हुंदैन, सबै तिर हाम्रो राम्रो सम्बन्ध छ” भन्दै गफ लगाउने गरेको उनको भनाईलाई उद्धृत गर्दै समाचार स्रोतले जनाएको छ ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि सरकारको राजस्वमा प्रत्यक्ष प्रभाव पर्नु स्वाभाविक रहेको सचेत नागरिकहरुको भनाई रहेको छ । हुनत सिमानाकाको सुरक्षा, तस्करी नियन्त्रणको पहिलो दायित्व सशस्त्र प्रहरीको भए पनि नेपाल प्रहरी पनि दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म भन्सार वीरगंज मातहत पर्ने छपकैया सिमानाकाहरुमा सशस्त्रका बदनाम घुमुवा पशुपति दुबे र ईप्रका छपकैयाका घुमुवा चौधरी रातीको समयमा मोटरसाईकलबाट सोही क्षेत्रमा घुम्ने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सो नाका भएर भारतबाट रातीको समयमा निर्वाध रुपमा कुख्यात तस्कर जितु, रंजित, बबन, मन्जु, सन्जु, राजु, काली, झुनझुनले लत्ता कपडा, सत्रुध्न, फैयाज, बिजयले हार्डवेयरका सामग्रीहरु नेपाल भित्रियाई रहेको समाचार स्रोतले जनाएको छ । यी प्रति तस्करहरुले घुमुवा चौधरीलाई मासिक रुपमा ५ हजार देखि ५० हजारसम्म बुझाउने गरेको ती स्रोतको दाबी रहेको छ । मासिक नजराना बुझी सकेपछि घुमुवा चौधरीले तस्करहरुलाई रातिको कति बजे देखि कति बजे सम्म नाका कटाउने भनि समय पनि निश्चित गर्ने गरेको बताईन्छ । ती स्रोतका अनुसार तस्करी वापत घुमुवा चौधरीले ईलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख सई राणालाई मासिक करिब ३ लाख ५० हजार बुझाउने गरेका छन् ।

ईप्रका छपकैयाका घुमुवा चौधरीले खुल्लेयाम रुपमा गृह मन्त्रालय र मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख अधिकारीको नाम बेच्दै “दिन दुगुना रात चौगुना” असुली धन्दा जारी राखेकोले यसमा प्रहरी संगठनको माथिल्लो निकायको ध्यान जान अति आवश्यक रहेको स्थानिय सचेत नागरिकहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१