ताजा समाचार

विशेष सूचनाका आधारमा संयुक्त प्रहरी टोलीको छापा, बारीमा बोराभित्र लुकाइएको गाँजा बरामद

  • असार १६, २०८३
  • ५६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–३ कुर्वा टोलबाट प्रहरीले १४ किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आइतबार राति करिब ८:४५ बजे लागूऔषध गाँजा लुकाई–छिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाको संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले धनगढीमाई नगरपालिका–३ कुर्वा टोल निवासी ६५ वर्षीय जोगिन्द्र साहको घर तथा कम्पाउण्डमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा आफ्नै बारीमा बोराभित्र लुकाएर राखिएको अवस्थामा १४ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ।

बरामद गरिएको गाँजासहित जोगिन्द्र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार पक्राउ परेका साहमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागूऔषध नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता गतिविधिबारे विश्वसनीय सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤