Siraha Times
ताजा समाचार

रामनगरमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न, किसान उत्साहित

  • असार १६, २०८३
  • ३२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान असार १६। सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगरमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत निःशुल्क एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सञ्चालित उक्त शिविर स्थानीय पशुपालक किसानलाई लक्षित गरी सञ्चालन गरिएको हो। शिविर वडा नं. ५ का वडा अध्यक्ष विन्देश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका पशु प्राविधिक टोलीले गाई, भैँसी, बाख्रा, बंगुर लगायतका पशुहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार तथा निःशुल्क औषधि वितरण गरेका थिए।

साथै पशुमा देखिने विभिन्न रोग, रोगबाट बच्ने उपाय, नियमित खोप, पोषण व्यवस्थापन, सरसफाइ तथा आधुनिक पशुपालनसम्बन्धी किसानलाई प्राविधिक परामर्शसमेत प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष विन्देश्वर यादवले गाउँपालिकाले किसानको आयआर्जन वृद्धि तथा पशुपालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन यस्ता शिविर सञ्चालन गरिरहेको बताए। उनले पशुपालक किसानलाई समयमै प्राविधिक सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

पशु अधिकृत नथुनी मण्डलले समयमै पशुको स्वास्थ्य परीक्षण र उपचार गर्न सके रोगको जोखिम कम हुनुका साथै उत्पादन वृद्धि हुने भएकाले किसानलाई नियमित रूपमा पशु स्वास्थ्य सेवाको उपयोग गर्न आग्रह गरे। उनले पशुमा कुनै असामान्य लक्षण देखिए तत्काल प्राविधिकसँग सम्पर्क गर्नसमेत सुझाव दिए।

शिविरमा वडा सदस्य बलराम यादव, कुलानन्द चौधरी, सुरेन्द्र यादव, विनोद गुप्ता, भोगेन्द्र यादव, विभोस यादव, मुरग लाल यादव, बनिता कुमारी यादव, कौशल यादव, शम्भु यादव, शत्रुधन प्रसाद यादव, शिवनाथ यादव, योगेन्द्र प्रसाद यादव, वैजनाथ प्रसाद यादव, रामनारायण यादव, अर्जुन यादव, शिवकुमार यादव, सूर्यनारायण सदाय, देवचन्द ठाकुर, रामबाबु यादव लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा तथा पशुपालक किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिविरबाट ठूलो संख्यामा स्थानीय किसान लाभान्वित भएका छन्।

गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र औषधि सेवा उपलब्ध भएपछि किसानले गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। गाउँपालिकाले कृषि र पशुपालनलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने नीति अनुरूप किसानको घरदैलोमै प्राविधिक सेवा पुर्यालउने उद्देश्यले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१