Siraha Times
ताजा समाचार

बागमती प्रदेश समन्वय परिषद् कतारद्वारा २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा कार्यक्रम भव्य रूपमा सम्पन्न

  • असार १४, २०८३
  • ४३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आशिक हुसैन शेख दोहा कतार, जुन २८ । "सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने मूल नारासहित बागमती प्रदेश समन्वय परिषद् कतारले २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन को अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम दोहाको सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

कार्यक्रम परिषद्का अध्यक्ष कविन्द्र कँडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा परिषद्का संस्थापक संरक्षक सागर नेपाल, विशिष्ट संरक्षक नन्दन ढुंगाना, सल्लाहकार राज देवकोटा लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अन्तर्राष्ट्रिय समुदायबाट Bangladesh Community का अध्यक्ष Mr. Anver Hussain, Peninsula Media का पत्रकार Mr. Ashraf Siddique, Sri Lanka Community का नेता Mr. Teneson, Building and Woodworks का Country Coordinator Mr. Marco Polo, Rajasthan Welfare Association का अध्यक्ष Mr. Nijam Khan, Telengana Gulf Samitee Qatar का अध्यक्ष Mr. Shanker Gaut, Indian Culture Centre का अध्यक्ष Mr. A. P. Manikantan तथा Bangladesh Migrant Workers Association का अध्यक्ष Mr. Sirajul Islam को समेत विशेष उपस्थिति रहेको थियो।

यसका साथै कतारस्थित विभिन्न प्रदेश समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधि, ६५ जिल्ला संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, कलाकार, फोटो तथा भिडियो पत्रकार र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गान बजाएर गरिएको थियो। त्यसपछि ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।

परिषद्की महिला उपाध्यक्ष ममता राना भाटले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामहरी चौलागाईंले राष्ट्रिय धान दिवसको महत्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै सांगीतिक प्रस्तुति पनि दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न प्रदेश समन्वय परिषद्, जिल्ला संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले राष्ट्रिय धान दिवस, कृषि संस्कृति, प्रवासी नेपालीबीचको एकता र सामाजिक सद्भावका विषयमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सांस्कृतिक कार्यक्रममा स्वागत नृत्यसँगै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका कलाकारहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सुमित्रा भट्टराई, अस्मिता लामिछाने, वीरेन्द्र श्रेष्ठ, सुमन खड्का, मनिता सुनाम, गुणा मगर, नारायण देवकोटा, पुकार थापा, जमुना बिक, बाबु कौशल, लक्ष्मी कार्की, सुमित्रा बुढा क्षेत्री लगायतका कलाकारहरूको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।

कार्यक्रमको अवसरमा नेपाली कला, संस्कृति, सामाजिक सेवा तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका कलाकार, पत्रकार, तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। औपचारिक कार्यक्रमपछि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन परिषद्का महासचिव गंगा बहादुर सुनुवारले गरेका थिए भने सह–सञ्चालन उपमहासचिव दिनेश अधिकारीले गरेका थिए।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संरक्षक, सल्लाहकार, जिल्ला संस्था, स्वयंसेवक, कलाकार, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता, प्रायोजक तथा सम्पूर्ण सहभागीप्रति बागमती प्रदेश समन्वय परिषद् कतारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति, कृषि परम्परा तथा प्रवासी नेपालीबीचको एकतालाई थप सुदृढ बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

२३औँ राष्ट्रिय धान द ...

रहमुल, काठमाडौं, १४ असार । "धान उत्पादन बढाऔँ, किसान समृद्ध बनाऔँ, देशलाई खाद्यान्नमा आत्मनिर्भर बना ...

लहानमा संघीयता कार्य ...

लहान, असार १४ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सवलीकरण तथा सांस्कृतिक सम्पदा संरक्षण समित ...

सानो प्रयास, ठूलो सफ ...

रहमुल, लहान, १४ असार । वर्षौंअघि गरिएको सानो प्रयास आज ठूलो सफलतामा परिणत भएको उदाहरण बनेको छ माध्यम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१