ताजा समाचार

सीपमूलक तालिमपछि आत्मनिर्भरताको बाटोमा लहान–९ का महिलाहरू, मेयर चौधरीद्वारा प्रमाणपत्र वितरण

  • असार ११, २०८३
  • ६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको सीपमूलक तालिम एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। तालिम समापन समारोहमा महेश चौधरी र वडा नम्बर ९ का वडा अध्यक्ष घुरन थारु ले तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।

स्थानीयस्तरमै उपलब्ध कृषि उपज तथा कच्चा पदार्थको सदुपयोग गरी महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा लोकल दालबाट मस्यौरा, अदौरी, गुन्द्रुक तथा विरिया जस्ता परम्परागत खाद्य सामग्री उत्पादन गर्ने प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। तालिम अवधिभर सहभागी महिलाहरूलाई उत्पादन प्रक्रिया, गुणस्तर कायम गर्ने विधि, सरसफाइ तथा प्याकेजिङसम्बन्धी आधारभूत जानकारीसमेत दिइएको थियो।

समापन कार्यक्रममा बोल्दै मेयर चौधरीले महिलाहरूको आर्थिक अवस्था सुदृढ बनाउन सीप विकास अपरिहार्य रहेको उल्लेख गर्दै सिकेको ज्ञानलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन आग्रह गर्नुभयो। उहाँले स्थानीय उत्पादनलाई व्यावसायिक रूप दिन सके गाउँ तथा नगरको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो। वडा अध्यक्ष थारुले तालिमले महिलाहरूमा आत्मविश्वास बढाएको उल्लेख गर्दै स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले अब व्यक्तिगत रूपमा मात्र नभई समूह गठन गरी व्यावसायिक रूपमा मस्यौरा, गुन्द्रुक, अदौरी तथा विरिया उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने योजना बनाएका छन्। यसबाट घरमै बसेर आम्दानीको स्रोत सिर्जना हुने र परिवारको आर्थिक अवस्थामा सुधार आउने उनीहरूको विश्वास छ।

स्थानीय सरकारले महिलाहरूको आर्थिक सशक्तिकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि आगामी दिनहरूमा पनि यस्ता आयआर्जनमूलक तथा सीपमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। स्थानीयवासीहरूले समेत यस्ता कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤