ताजा समाचार

धनगढीमाई नगर अस्पतालभित्र औषधि पसल नहुँदा बिरामी मर्कामा

  • असार ९, २०८३
  • ४७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचारका लागि आउने बिरामी र तिनका आफन्तले निकै सास्ती व्यहोर्नु परेको छ ।

अस्पताल कम्पाउन्डभित्र औषधि पसल (फार्मेसी) नहुँदा विशेषगरी आकस्मिक सेवा लिन आउने बिरामीहरू मारमा परेका हुन् । ​स्थानीय विनोद अविरलका अनुसार, रातिको समयमा बिरामी परेर अस्पताल पुग्दा चिकित्सकले लेखिदिएको औषधिको पुर्जा (प्रिस्क्रिप्सन) लिएर बजारका विभिन्न ठाउँमा भौंतारिनुपर्ने बाध्यता रहेको छ । "म राति ३ बजे बिरामी परेर अस्पताल पुगेको थिएँ, तर अस्पतालभित्र औषधि पसल नहुँदा डाक्टरसाहेबले लेख्नुभएको पुर्जा लिएर राति नै औषधि खोज्न विभिन्न ठाउँमा पुग्नुपर्‍यो," उनले आफ्नो पीडा पोखे ।

​चौबीसै घण्टा खुला रहने आकस्मिक सेवा सञ्चालन गर्ने अस्पतालमा भित्रै औषधि पसल नहुनुले स्थानीय प्रशासन र व्यवस्थापन समितिको लापरबाही छताछुल्ल पारेको छ । रातिको समयमा बाहिरका पसलहरू बन्द हुने र टाढा जानुपर्ने हुँदा बिरामीको ज्यानै समेत जोखिममा पर्न सक्ने देखिन्छ ।

धनगढीमाई नगर अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र तत्काल चौबीसै घण्टा खुल्ने औषधि पसल (फार्मेसी) को व्यवस्था गर्न स्थानीय सरकार, अस्पताल व्यवस्थापन समिति र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण बिरामीहरुले गराएका छन । बिरामीको स्वास्थ्यमाथि खेलबाड हुन नदिन यो समस्याको समाधान तत्काल खोजिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤