Siraha Times
ताजा समाचार

मधेश प्रदेशकै दोस्रो तथा सप्तरीकै पहिलो बालश्रम मुक्त नगरपालिका घोषणा, खडक नगरपालिकाले रच्यो इतिहास

  • असार ४, २०८३
  • १६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका घोषणा गरिएको छ। “हमर खडक नगरपालिका हमर गौरव, बालश्रम नै करु नै कराउ” भन्ने नारासहित बुधबार आयोजित विशेष समारोहबीच नगरपालिकालाई औपचारिक रूपमा बालश्रम मुक्त नगरपालिका घोषणा गरिएको हो।

नगरपालिकाको सभाहलमा आयोजित घोषणा सभाको अध्यक्षता स्थानीय बाल अधिकार समितिकी संयोजक तथा नगर उपप्रमुख रिता कुमारी चौधरीले गर्नुभएको थियो भने नगर प्रमुख जय प्रकाश चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन नगर बाल क्लब सञ्जालका अध्यक्ष शिवशंकर मण्डलले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख जय प्रकाश चौधरीले बालबालिकाको अधिकार संरक्षण, शिक्षा तथा सुरक्षित भविष्य सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालश्रमको अन्त्य केवल सरकारी प्रयासबाट मात्र सम्भव नहुने भन्दै अभिभावक, विद्यालय, नागरिक समाज तथा सम्पूर्ण समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

उपप्रमुख रिता कुमारी चौधरीले बालश्रम मुक्त नगरपालिका घोषणा केवल उपलब्धि मात्र नभई आगामी दिनमा अझ जिम्मेवार भएर बालअधिकार संरक्षणका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता भएको बताउनुभयो। उहाँले नगरपालिकाभित्र कुनै पनि बालबालिका श्रममा संलग्न नहोस् भन्ने उद्देश्यका साथ विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

समारोहमा वडा नं. १० का वडाध्यक्ष राजेन्द्र प्रसाद चौधरी, वडा नं. ३ का वडाध्यक्ष देवनारायण चौधरी, वडा नं. ८ का वडाध्यक्ष विन्दुलाल चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशिला कुमारी चौधरी, कार्यपालिका सदस्य जत्री देव सरदार, प्रयागी देवी चौधरी तथा मोहनी देवी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा Save the Children का वरिष्ठ परियोजना प्रबन्धक मकरबहादुर सार्की, सबल नेपाल की अध्यक्ष जुना जिरी, प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी, बाल कल्याण अधिकारी अनिता कुमारी साह, सामाजिक विकास शाखा प्रमुख मो. जाकिर हुसेन, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र कुमार दास, स्वास्थ्य शाखा प्रमुख जीवनारायण चौधरी, पञ्जीकरण शाखा प्रमुख रञ्जित चौधरी, सूचना अधिकारी मनोज कुमार साह, कृषि तथा वन्यजन्तु शाखा प्रमुख राजेश चौधरी, न्यायिक समितिका उजुरी प्रशासन प्रमुख प्रतिकला रसायली, सबल नेपालका फिल्ड संयोजक अशोक कुमार साह, योजना शाखा प्रमुख सविता साह तथा ज्येष्ठ नागरिक सञ्जालका नगर अध्यक्ष सूर्यनारायण साह लगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। साथै, बालमैत्री स्थानीय शासन र बालअधिकार संरक्षणका क्षेत्रमा खडक नगरपालिकाले हासिल गरेको उपलब्धि अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी रहेको धारणा व्यक्त गरिएको थियो।

नगरपालिकाले बालश्रम न्यूनीकरण तथा उन्मूलनका लागि विभिन्न नीति, कार्यक्रम र सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। सोही प्रयासको परिणामस्वरूप खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा सप्तरी जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका बन्न सफल भएको जनाइएको छ। घोषणा सभामा सहभागीहरूले बालश्रममुक्त समाज निर्माणका लागि आफ्नो क्षेत्रबाट निरन्तर सहयोग र प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१