मधेसः मन्त्री लेखीको गम्भीर आरोप धनुषाका पत्रकारहरु ‘अल्छी छैन ल्याकत’, झारे बौखी

  • चैत ११, २०८१
  • ५५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, १२ चैत । धनुषाका पत्रकारहरु ‘अल्छी’ भएको आरोप मधेस प्रदेशका सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले लगाएका छन् । उनले जनकपुरधाममा आयोजित ‘पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी’ मा धनुषाका पत्रकारहरुमाथि यस्तो गम्भीर आरोप लगाए । मन्त्री लेखीको यस्तो वक्तव्यलाई पत्रकारहरुमाथि उम्की (बौखी) झारेको जानकारहरु बताउँछन् । सोमबार जनकपुरधाममा मिडिया काउन्सिलले आयोजना गरेको गोष्ठीमा मन्त्री लेखीले खुलमखुला आरोप लगाए । पत्रकारहरु भने मौन बसिरहे । त्यत्तिमात्रै नभएर मञ्चमा आसिन वक्ता पत्रकारहरुले पनि पत्रकारहरुमाथि दोषारोपण गर्न भ्याए र मन्त्रीको प्रिय पात्र बने ।

मन्त्री लेखीले त्यत्ति मात्रै नभएर पत्रकारहरुको लेखन र भाषिक क्षमतामाथि पनि प्रश्न तेस्र्याए । सम्भवतः पत्रकारहरुमाथि यस्तो आरोप लगाउने लेखी पहिलो मन्त्री होइनन्, प्रदेशमा मुख्यमन्त्री देखि मन्त्रीसम्म । मन्त्रीको भनाइअनुसार धनुषामा २ सय पत्रकारहरु छन् । जसमध्ये ४५ जना उपस्थित थिए । अनि १४-१५ जना पत्रकारहरु मात्रै समाचार लेख्न र बोल्न सक्षम रहेको कपोकल्पित प्रमाणपत्र बाँडे । मिडिया काउन्सिलले आयोजना गरेको सो गोष्ठिीबारे धनुषाका आधिकांश पत्रकारहरुलाई जानकारी नै गराइएको थिएन । काउन्सिल र आमसञ्चार प्राधिकरण मन्त्री र केही पत्रकारहरुको मुखपत्र मात्रै बन्न सके । समग्रमा पत्रकारहरुको संस्था बन्न सकेको छैन । उनका अनुसार, ‘आजभन्दा २५–३० वर्ष अगाडि जसरी पत्रकारिता मिसनका रूपमा रहेको थियो, अहिले त्यसको अवस्था निकै परिवर्तन भएको छ । अहिलेका पत्रकारहरू अल्छि भएका छन् । उनीहरूसँग लेख्न र बोल्नका लागि आवश्यक ल्याकत छैन ।’

उनले थपे, ‘पत्रकारिता पेशालाई सम्मानित बनाउने जिम्मेवारी सरकारको भन्दा पत्रकारकै हातमा छ । पत्रकारहरूले आफूलाई पेशागत मर्यादामा बाँधेर काम गर्नुपर्ने आवश्यकता छ । पत्रकारितामा सुधार गर्न सरकारको भूमिका भनेको पत्रकारलाई सहयोग गर्नु हो । तर, प्रमुख जिम्मेवारी सञ्चारकर्मीकै हो ।’ मन्त्री लेखीको यस वक्तव्यले पत्रकारहरूको बीचमा असन्तुष्टि पैदा गरेको छ । मधेसमा एमालेका सांसद र मन्त्रीहरु भने अलि बढी नै ज्ञानी देखिए, जसले अर्कालाई स्वीकार गर्नै अप्ठेरो मानिरहेका छन् । यस विषयमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले भने, ‘पछिल्लो केही महिनायता मुख्यमन्त्री र मन्त्रीहरु पत्रकारलाई लक्षित गर्दै गलत दृष्टिकोण र शब्द प्रयोग गर्नू पत्रकार आचारसंहिता विपरीत कार्य हो ।’

मुख्यमन्त्री र मन्त्रीहरुले पटक–पटक पत्रकारहरुमाथि प्रश्न तेस्र्याउनुभन्दा विकास निर्माण, बजेट खर्च, कमिशन नलिई योजनाको समुचित वितरण, हुने गरेको बजेट फ्रिज नियन्त्रण जस्ता कुरामा ध्यान दिनु आवश्यक रहेको अध्यक्ष साहको भनाइ छ । नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अनिल मिश्रले मन्त्री लेखीको भनाइको विरोध गर्दै भने, ‘पत्रकारहरूको कार्यशैलीमा सुधारको आवश्यकता छ भने त्यो संवाद र सहकार्यबाट हुन सक्छ, न कि आरोप र आलोचनाबाट ।’ मिश्रका अनुसार मन्त्रीले पत्रकारिता पेशाको सम्मान र भूमिका बुझ्न जरुरी छ ।

मन्त्रीले आजसम्म पत्रकारहरुका लागि उनीहरुको क्षमता अभिवृद्धि र वृत्ति विकास लगायत क्षेत्रमा कत्तिको योगदान दिएको छ, त्यो कुरा उहाँलाई नै थाहा होला । केही व्यक्तिलाई खुशी पार्ने मन्त्रीले समग्रमा पत्रकारहरुलाई औंला देखाउन नमिल्ने तर्क पत्रकारहरुको छ । धनुषामा रहेका पत्रकारहरुलाई लक्षित गरी उनीहरुको कार्यशैलीमाथि मन्त्री लेखीको अराजक र अमानवीय वक्तव्यले सिंगो पत्रकारिताजगत नै बदनाम गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१