Siraha Times
ताजा समाचार

नेपाल तामाङ घेदुङ,शाखा साउदि अरबको २९ सदस्यीय कार्यसमिती चयन अध्यक्षमा अमृत घिसिङ तामाङ

  • माघ १२, २०८१
  • १४२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जिवन राम (जीवन कुमार) साउदी अरब। नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिबेशन रियादको एक्जिट ९ मा सम्पन्न भएको छ। २४ जनवरीका दिन सम्पन्न अधिबेशन ले अमृत घिसिङ तामाङको अध्यक्ष र  महासचिबमा रोशन घ्लान तामाङ सहित २९ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरेको छ।  

rahat 13

समितीमा प्रमुख सल्लाहकारमा निबर्तमान अध्यक्ष रुपक वाईबा तामाङ,संरक्षकमा दावा घिसिङ तामाङ,सल्लाहकारमा शन्तबिर घिसिङ तामाङ र  मनिश तामाङ सहित श्री अमृत घिसिङ्ग तामाङ अध्यक्ष श्री जागेश सिंगर तामाङ बरिष्ठ उपाध्यया श्रीमती लक्ष्मी लोप्चन तामाङ महिला उपाध्यक्ष संजय घिसिङ तामाङ उपाध्यक्ष रोम व्यान्देन तामाङ श्री उपाध्यक्ष रोशन घ्लान तामाङ महासचिव श्री निर्मल घिसिङ तामाङ सचिव श्री पेमा लोप्चन तामाङ महिला सचिव श्री सागर थिंग तामाङ कोषाध्यक्ष श्री पुरन मोक्तान तामाङ सह-कोषाध्यक्ष

केन्द्रीय सदस्यहरू : श्री लक्ष्मण मोक्तान तामाङ श्री अनिता च्लोन तामाङ श्री गौरीमाया चल तामाङ श्री संचिता स्याड्चो तामाङ श्री सपना स्याड्ताड् तामाङ श्री सरिता घिसिङ तामाङ श्री सरु थिड्ग तामाङ श्री सिता थिङ्ग तामाङ श्री छेराड्ग दोंग तामाङ श्री दलु लोप्चन तामाङ श्री किरण किरण घिसिङ तामाङ श्री कृष्ण मोक्तान तामाङ श्री लक्ष्मण लो तामाङ श्री पदम मोक्तान तामाङ श्री रविना घिसिङ तामाङ श्री टिकाराम दोङ तामाङ श्री उत्तर गोले तामाङ श्री याम मोक्तान तामाङ चयन भएका छन।

रियाद मा सम्पन्न अधिबेशन साथै सोनाम ल्होसारको अबसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।रुपक वाईबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा महामहिम नेपाली राजदुत प्रा.डा नरेश बिक्रम ढकाल,अतिथीहरुमा नेपाली दुताबासका प्रथम सचिब टिकाराम उपाध्याय,लेबर काउन्सुलर कबिराज उप्रेती लगायत विभिन्न संस्थाका प्रतिनिधीहरु रहेका थिए । मञ्जुश्री संम्वत २८६१ औं डुल/स पुख्री ल्हो सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकार गायक  रोज मोक्तान र  सेलो गायिका सुमिना लो तामाङ  साथै  साउदी अरबमा कार्यरत स्थानिय नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो। नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबको आयोजनामा सम्पन्न कार्यक्रममा १५०० भन्दा बढीको उपस्थिती रहेको थियो।तामाङ समुदाय को मौलिक पोशाक साथै संस्कृतिको समुच्च उच्च प्रदर्शनी समेत देखिएको थियो भने कार्यक्रम  संचालन महासचिव नागेश तामाङले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१